स्याङ्जा १७ असार । नेपाल प्रेस युनियन स्याङजाले सोमबार ११ बजेदेखि १ बजेसम्मगरी ३ घण्टा पत्रकार महासंघ स्याङ्जा शाखा कार्यालय अघि बसेर धर्ना दिएका छन ।
नेपाल पत्रकार महासंघको बिधान विपरित सदस्यता वितरण र क्रियाशिल पत्रकारका नाम हटाइएको बिरोधमा तालाबन्दी सहितको धर्ना गरिएको हो । क्रियाशील पत्रकारलाई मतदाता नामावली हटाउने र बिधान विपरित सदस्यता पठाइएको बिरोध गर्दै यूनियनकर्मीले आन्दोलन स्वरुप धर्ना कार्यक्रम जारी राखेका हुन ।
धर्ना कार्यक्रममा युनियनका अध्यक्ष तोलाकान्त बगालेले महासङ्घले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरी निर्वाचन कार्यक्रम घोषणा गरे पनि त्यो मान्य नहुने बताउनुभयो । जब सम्म केन्द्रिय समितिले क्रियाशिल पत्रकार नाम समावेश र विधान बिपरितका नाम हटाउदै तबसम्म आन्दोलनका कार्यक्रम जारी रहने समेत उहाले जानकारी दिनुभयो ।
प्रेस यूनियन स्याङ्जा असार १५ गते शाखा कार्यालयमा तालाबन्दी गर्दै बिगत ३ दिनदेखि आन्दोलनरत छ ।