Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 6
    Trending
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    • जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रतिनिधिसभा विघटन : विपक्षीको बहस सकियो, सात घण्टाको बहसपछि फैसला आउने
    समाचार

    प्रतिनिधिसभा विघटन : विपक्षीको बहस सकियो, सात घण्टाको बहसपछि फैसला आउने

    Syangja SandeshBy Syangja SandeshJuly 2, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, १८ असार  । प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा विपक्षी तर्फको बहस पनि सकिएको छ ।

    सरकारको बचाउ गर्दै ११ जना सरकारी वलिक र प्रधानमन्त्री केपी शर्मा ओलीका २१ जना निजी कानुन व्यवसायी गरी ३२ जनाले प्रतिरक्षा बहस गरेका छन् । पाँच दिनसम्म बहस गरेका सरकार पक्षका कानुनव्यवसायीहरूले प्रधानमन्त्री नियुक्ति गर्नु राष्ट्रपतिको अन्तरनिहित अधिकार भएको दाबी गर्दै राष्ट्रपतिको संवैधानिक अधिकारमा अदालतले हस्तक्षेप गर्न नमिल्ने दलिल पेश गरेका छन् ।

    सरकारको प्रतिरक्षा बहस गरेका वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले सरकार बन्न सक्ने अवस्था भए पनि दलहरूमा देखिएको मतभेद र अन्तरद्वन्द्वका कारण विश्वासको मत लिन सक्ने अवस्था नभएको जिकिर गर्नुभयो । सभामुख एकातिर र संसद अर्कोतिर भएकाले प्रतिनिधिसभा पुनस्र्थापना भए पनि संसद्ले काम गर्न नसक्ने दाबी गर्दै उहाँले विघटन सदर गर्न माग गर्नुभयो ।

    अर्का वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले दाबीकर्ताले पेश गरेको विश्वासको मतको आधार छ की छैन भनेर विश्लेषण गर्ने अधिकार राष्ट्रपतिलाई मात्र भएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्रीमा दाबी परेका दुवैले विश्वासको मत पाउने आधार राष्ट्रपतिलाई विश्वसनीय नलागेपछि प्रधानमन्त्री नियुक्त नगरेको दलिल पेश गर्नुभयो ।

    संविधानको ७६(५)को प्रधानमन्त्री दाबी गर्न दलीय समर्थन आवश्यक पर्ने तर्क गर्दै अधिकारीले शेरबहादुर देउवाको दाबीमा कांग्रेस र माओवादीले मात्र दलीय समर्थनको निर्णय गरेको बताउनुभयो । एमाले र जसपाका सांसदको समर्थन निर्दलीय अभ्यास हुने भन्दै यस्तो व्यवस्था संविधानले परिकल्पना नगरेको अधिकारीको जिकिर छ ।

    प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले अदालतले राष्ट्रपतिको अधिकार कटौती नहुने गरी संविधानको धारा ७६(५)को व्याख्या गरेर निकास दिनुपर्ने जिकिर गर्नुभयो । ‘अदालतले धारा ७६(५)को केही व्याख्या गरे पनि पहिलेको विषयमा लागू नहुने गरी गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

    अब सभामुख अग्निप्रसाद सापकोटाको तर्फको बहस आइतबारबाट सुरु हुनेछ । सभामुखका पक्षबाट बहस गर्न २ घण्टाको समय छुट्याइएको छ । निवेदकका तर्फबाट जवाफी बहसका लागि ३ घण्टा समय छ । सो समयभित्र कांग्रेस सभापति शेरबहादुर देउवा सहितका सांसदहरूको तर्फबाट ४ जना वरिष्ठ अधिवक्ताले जवाफ दिनेछन् ।

    जवाफी बहसका लागि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालको नाम टुङ्गो लागेको छ । जवाफी बहस सकिएपछि एमिकस क्यूरीले स्वतन्त्र राय दिनेछन् । सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई–दुई जना एमिकस क्यूरी छनोट गरिएको छ । एमिकस क्यूरीका लागि संवैधानिक इजलासले २ घण्टा समय छुट्याएको छ ।

    यसरी हेर्दा अब सभामुखको तर्फबाट गरिने दुई घण्टा, जवाफी बहसका लागि तीन घण्टा र एमिकस क्यूरीको रायका लागि दुई घण्टा गरी जम्मा सात घण्टाको बहसपछि फैसला आउने छ । बहसमा उत्रिएका अधिवक्ताहरूले बहस नोट असार १० गते नै इजलाससमक्ष बुझाइसकेका छन् । प्रधानन्यायधीश चोलेन्द्रशम्सेर राणाको नेतृत्वमा रहेको संवैधानिक इजलासमा न्यायधीशहरू दीपकुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई हुनुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.