स्याङ्जा १७ बैशाख । पुतलीबजार नगरपालिकामा ३ प्रमुख सहित १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। फिर्ता लिएसंगै अव, यहाँ ६ जना बिभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा छन्।
३ जना नगरप्रमुखका आकांक्षी सहित वडाअध्यक्ष र अन्य सदस्यहरुले शुक्रवार उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनुभयो ।
स्थानीय निर्वाचन अन्र्तगत ११ र १२ गते २ जना स्वतन्त्र सहित जनता समाजवादी पार्टीवाट नगरप्रमुखको उम्मेदवारी दर्ता गरेका थिए।
अनुवर अली, ईश्वर पराजुलीले स्वतन्त्र रुपमा र जसपाबाट पमनारायण अर्यालले उम्मेदवारी दर्ता गरेका थिए। अली नेपाली कांग्रेस र पराजुली नेकपा एमाले समर्थित हुन। पार्टीमा दुबैजना सक्रिय छन्।
जसपाका अर्यालले नेपाली कांग्रेसलाई सघाउनेगरी उम्मेदवारी फिर्ता गरेको वडाध्यक्ष छायादत्त सापकोटाले जानकारी दिजुभयो। तर, स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अली र पराजुलीले भने आ आफना मातृ पार्टी ( कांग्रेस र एमाले) लाई समर्थन जनाउनेगरी उम्मेदवारी फिर्ता लिएका हुन।
आसन्न स्थानीय तहको निर्वाचनको लागि पुतलीबजार नगरपालिकाको प्रमुखमा ९ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको थियो। जिल्लामा मुख्यगरी विभिन्न १९ वटा दलले मान्यता पाएता पनि मुख्यतः प्रतिस्पर्धा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने भएको छ।
नगरमा नेपाली कांग्रेसका तर्फवाट प्रमुखमा तुलसीराम रेग्मी र उपप्रमुखमा देवी अर्याल, नेकपा एमालेको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा महेश पुरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख तथा उपप्रमुखमा तुलसिंह ठकुरी र डीलकुमारी शाही, नेकपा माओवादी केन्द्रका नारायण लम्साल र सरस्वती शर्मा प्रमुख तथा उपप्रमुखमा, नेकपा एकिकृत समाजवादीबाट प्रमुखमा महाप्रसाद सुवेदी र सुनिता क्षत्री र मंगोल नेशनल अर्गनाइजेशनका सूर्यबहादुर थापा र तिरथ गुरुङ्ले प्रमुख तथा उपप्रमुखमा प्रतिस्पर्धा गर्ने भएका हुन।
सदरमुकामसंगै रहेको पुतलीबजारमा अन्या ११ पालिकामध्ये सबैभन्दा बढी २ सय ६० जनाले बिभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए।
निर्वाचन तालिका अनुरुप शुक्रवारसाँझ सम्म उम्मेद्धारको उम्मेद्धारी फिर्ता र अन्तिम नामावली प्रकासन गरेको छ।
यसैगरी, जिल्लाभर दर्ता गराएकामध्ये ९२ जनाले फिर्ता लिएका छन् । पाँच नगरपालिका र छ गाउँपालिकामा ५०७ स्थानीय जनप्रतिनिधिका लागि एक हजार ५४७ ले उम्मेदवारी दर्ता गराएका थिए ।
प्रमुख÷अध्यक्षमा १४, उपप्रमुख÷उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र खुला, महिला र दलित सदस्यमा गरी विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट ५५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
Monday, June 9
Trending
- आजदेखि ट्राफिक सप्ताह सुरु
- पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
- इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
- भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
- राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
- जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
- सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
- प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण