स्याङ्जा २५ कात्तिक । नेकपा एमालेको चितवनमा हुने दशौ महाधिवेशको प्रतिनिधी चयनका लागि स्याङ्जामा आज ८९ जनाको दरखास्त परेको छ ।
दुबै निर्वाचन क्षेत्र अन्र्तगत २४ जना प्रतिनिधी छनौट गर्नु पर्ने भएकोमा प्रारम्भिक दरखास्त अनुरुप ८९ जनाले उम्मेदवारी दिएको नेकपा एमालेले जनाएको छ ।
क्षेत्र नं. १ अन्र्तगत खुलातर्फ ३७, महिलातर्फ ९ र उत्पीडिततर्फ २ जनाको उम्मेदवारी परेको छ । यसैगरी, क्षेत्र न. २ तर्फको खुलातर्फ २९, महिलातर्फ ९ र उत्पीडिततर्फ ३ जनाको उम्मेदवारी परेको हो । प्रारम्भिक छनौट अनुरुप आज परेका यी उम्मेदवारीबीच भोली छलफल गरेर टुंग्याईने नेकपा एमाले सचिवालयले जनाएको छ ।
यसैगरी, महाधिवेशन प्रतिनिधीका लागि क्षेत्र नं. १र २ बाट खुलातर्फ ७÷७ जना, महिलतर्फ ३÷३ जना र उत्पीडीततर्फ ४ जनागरी २४ जना सहभागी हुन पाउनेछन्।
Tuesday, September 16
Trending
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
- स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
- संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
- नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य