Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    • लापसेगरि सवारी चलाउने ३ जना प्रहरी नियन्त्रणमा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘निर्माण व्यवसायसँगै राजनीतिमा पनि अब्बल’
    बिचार

    ‘निर्माण व्यवसायसँगै राजनीतिमा पनि अब्बल’

    Syangja SandeshBy Syangja SandeshMay 30, 2021Updated:July 15, 2021No Comments5 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    यतिबेला मुलुक कोरोना कहरसँगै जुधिरहेको छ । विश्व लगायत स्याङ्जामा पनि यसको प्रभाव परेको छ । कल्पना नै गर्न नसकिने गरी धेरै समाजसेवीले ज्यान गुमाएका छन् । सामाजिक क्षेत्रमा ओजिलो प्रभाव पारेका धेरै व्यक्तिका निधनका कारक अहिले कोरोना बनेको छ ।
    तीमध्येका एक कर्मठ, जुझारु र समाजसेवी यौद्धालाई स्याङ्जाले गुमाएको आज १३ औं दिन पुगेको छ । जीवनका अन्तिम समयसम्म राजनीति र निर्माण व्यवसायलाई संँगसगै हिँडाउन सफल गजिन्द्रप्रकाश मल्ल हामीबीच हुनुहुन्न । तर, उहाँका योगदान र कर्म हामी सबैका लागि प्रेरणादायी बन्न सक्छन् ।
    कोरोना संक्रमण पुष्टिपछि पोखरास्थित गण्डकी मेडिकल कलेजको आइसीयु कक्षमा उपचारका क्रममा उनको निधन भएको हो । निरंकुश शासन व्यवस्थाविरुद्ध नागरिकका स्वतन्त्रताका पक्षमा आवाज उठाउँदा पटक पटक जेलनेल पर्दा पनि कांग्रेसको संगठन विस्तारमा उनको महत्वपूर्ण योगदान छ । जुन इतिहाससम्म रहनेछ ।
    प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा गजिन्द्रप्रकाश मल्लको ७४ वर्षको उमेरमा असामयिक निधन भएको हो । पञ्चायतविरुद्धको आन्दोलनमा लामो समयदेखि संघर्ष गर्दै तत्कालीन शासकहरुको आँखाको कसिंगर बनेका मल्ल स्याङ्जाको सेखाममा जन्मेका हुन । दुर्गम गाउँमा जन्मेर पनि स्याङ्जा, तनहुँ, पाल्पा र गुल्मीमा प्रजातन्त्रको पुन स्थापनाका लागि शंखघोष गर्दै जनतामा सामाजिक न्याय र स्वतन्त्रताको पक्षमा संगठन गर्ने नेपाली कांग्रेसका एक कुशल संगठक पनि थिए उनी । प्रजातन्त्रको पुनप्र्राप्तिको लडाइँमा आफूलाई साथ दिनेलाई आर्थिक तथा वस्तुगत सहयोग गरेर समाजिक आन्दोलनमा सरीक हुन प्रेरित गर्ने मल्ल पूर्वी स्याङ्जाका एक कुशल सामाजिक अभियन्ता पनि हुन् ।
    शिक्षाका जागरण बिना परिवर्तन सम्भव छैन भन्ने बुझेका मल्लले पूर्वी स्याङ्जाका कयौं सार्वजनिक विद्यालय स्थापना गरे । बाटो घाटो, पुल, पुलेसा, ठाटी, पौवा, चौपारी, सिंचाइ, कुलो, निर्माण गरे । कयौं विकास निर्माणको नेतृत्व गरे । जिल्लाका अधिकांश ठूला विकास निर्माणको उनले निर्माण गरेका छन् ।
    गाउँमा मण्डले बिगबिगी थियो । ‘पञ्चायती व्यवस्थाविरुद्ध जानु र कांग्रेस बन्नु भनेको मृत्यु निम्त्याउनु सरह हुन्थ्यो
    त्यस क्षेत्रका बासिन्दाका सामाजिक अगुवा बन्न सफल भए । जीवनको उर्वर समयमा निर्माण व्यवसाय सुरु गरेका मल्लले चापाकोट सुन्तलीटार, रत्नपुर र कुवाकोटको १ हजार हेक्टर समथर फाँटमा सिंचाइ गर्ने २७ किलोमिटर लामो नहर निर्माणको पहल ४० को दशकमा गरेका थिए । सबैको सहयोगले लामो प्रयासपछि नहरको निर्माण कार्य सम्पन्न भयो । आज त्यस क्षेत्रका जनताको सामाजिक र आर्थिक जीवनमा ठूलो परिवर्तन आयो । विपन्न परिवारलाई वृत्तिविकासका लागि पेसा गर्न होैसाउने, सीप र दक्षता बढाउन तालिमको प्रबन्ध मिलाइदने, उनीहरुका छोराछोरीलाई शिक्षाका लागि प्रेरित गर्ने, गरिब छोराछोरीलाई पढ्न खर्च दिने, तल्लो वर्गलाई माथि उठाउन रोजगारको प्रबन्ध मिलाउने, दया, माया र करुणाको भाव भएका एक असल सामाजिक अभियन्ता राजनीतिक चेत भएका कुशल राजनीतिककर्मी स्याङ्जाले सदैव अभाव महसुस गर्नेछ । मल्लले राजनीति र निर्माण व्यवसायलाई सँगसँगै हिँडाउन सफल भए ।
    निरंकुश पञ्चायती शासन व्यवस्थाविरुद्ध उनी होमिए । जतिबेला गाउँमा मण्डले बिगबिगी थियो । ‘पञ्चायती व्यवस्थाविरुद्ध जानु र कांग्रेस बन्नु भनेको मृत्यु निम्त्याउनु सरह हुन्थ्यो । प्रधानपञ्चसमेत रहेका त्यसबेलाका यमनबहादुर मल्ललगायतका केही गाउँकै हर्ताकर्ता पञ्चेहरुले बहुदलवादी आए भने खुट्टा भाँचिदिन्छु भन्दै कुर्लन्थे ।’ पूर्व सांसद खगेन्द्रराज रेग्मीले बिगत सुनाए ।
    जनमत संग्रहको प्रचारमा सेखाम पुग्दा गजिन्द्रप्रकाश मल्लमा प्रजातन्त्रको आस्था देखेपछि उनीहरुबीचको निकटता बढ्यो । आउजाउ भयो । उहाँसँगै नजिक हुने र समयानुसार भेटघाटले पनि निरन्तरता पायो । अहिलेजस्तो सञ्चार माध्यमका सुविधा केही थिएनन् । गोप्य भेटघाट, चिठीपत्र र हिँडेरै पुग्नुपर्ने हुन्थ्यो । २०३६ सालमा जनमत संग्रहमा बहुदलीय पक्षधरले जिल्लामा जित्न सकेन । राम्रो मत आए पनि हारे । तर, मल्लले भने निरंकुश शासन व्यवस्थाविरुद्ध भित्रभित्रै जनमत बढाउँदै लगे र विजयी पनि भए । उहाँलाई बहुदलीय पक्षधरले समर्थन गरेका थिए । प्रजातन्त्रप्राप्तिपछि जिल्ला विकास समिति सदस्यमा निर्वाचित भए । यसरी उनी जिल्ला पञ्चायत र जिल्ला विकास समितिगरी २ पटक सदस्य बनेका थिए ।
    खगेन्द्रराज रेग्मी ३ पटकसम्म कांग्रेस जिल्ला सभापति बने । दोस्रो पटकको २०५७ सालको सभापति रहेका बेला मल्ललाई कोषाध्यक्ष बनाए । उद्योग वाणिज्य संघको भवनमा भाडामा बसेको पार्टी कार्यालय लगायत अन्य आर्थिक कारोबारमा उहाँको सहयोग भएको रेग्मी सम्झन्छन् । पछि पार्टी कार्यालय बनाउन पनि उनले लाखभन्दा बढी सहयोग गरे । संघर्षशील, प्रजातन्त्रप्रेमी, निरन्तर क्रियाशलि उहाँ संघर्षशील, प्रजातन्त्रप्रेमी, निरन्तर क्रियाशील रहेर काम गर्ने अत्यन्त मेहनती र सहयोग थिए मल्ल बाउसाब पूर्व सांसद एवं पूर्व सभापति रेग्मी स्मरण गरे ।
    नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य, पूर्व जिल्ला कोषाध्यक्ष एवं निर्माण व्यवसायी मल्लको पदचिन्हलाई अंगीकार गर्दै छोराहरु राजेश, प्रकाश र कमल मल्लले पिताजीको अभियानलाई निरन्तरता दिँदै आएका छन् । निष्ठा र आदर्शको राजनीतिलाई आत्मसात गर्दै जनताको सेवामा समर्पित मल्ल परिवारप्रति स्याङ्जाबासीको ठूलो श्रद्धा र सम्मान छ । स्वर्गीय मल्लले प्रारम्भ गरेका सामाजिक कार्यको पूरा गर्ने जिम्मेवारी उनका परिवारमाथि आइपरेको छ ।
    स्वर्गीय मल्ल स्याङ्जाबाट निर्वाचित गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लका पिताजी हुन् । आफ्ना पिताजीको पथ पछ्याउँदै हिँडेका छोरा मल्ल कांग्रेसका एक नक्षत्र हुन । देशभरमै बलियो संगठन मानिएको स्याङ्जा कांग्रेसको एकमात्र निर्वाचन क्षेत्र जितेर बीउ जोगाउने काम उनले गरेका छन् ।
    राजनीतिसँगै उनी निर्माण व्यवसायी हुन् । सम्भवत उनी जिल्लाकै पहिलो निर्माण व्यवसायी हो । ‘क’ वर्गका व्यवसायी हुन् उनी । निर्माण व्यवसायीलाई एकाकार बनाई उनीहरुका हक, हित र अधिकारका लागि उनले जिल्लामा निर्माण व्यवसायी संघ स्थापना गरे । संघ स्याङ्जाका संस्थापक अध्यक्ष एवं हाल केन्द्रीय सदस्य थिए उनी । उनले बीस २०२७ सालदेखि निर्माण व्यवसाय सुरु गरेको पारिवारिक स्रोतले जनाएको छ । जब, २०२४ सालमा सिद्धार्थराजमार्ग अन्तर्गत स्याङ्जा–पोखराको सडक पूरा भयो । त्यसपछि जिल्लामा निर्माण कार्यले निरन्तरता पाउन थाल्यो । जिल्लाका अधिकांश ठूला ठूला पक्की पुल, भवन निर्माणमा उनको संलग्नता छ । नेपाली कांग्रेसका तर्फबाट साविक स्याङ्जा क्षेत्र नं ३ को समानुपातिक उम्मेदवारमा चयन भएका थिए उनी ।
    पछिल्ला डेढ वर्षदेखि उहाँ शारीरिक रुपमा अस्वस्थ्य भए । क्यान्सरजस्तो बलियो रोगलाई जितेका उनको कोरोनासँग हार भयो । आफूसँगै संक्रमित पत्नीलाई आइसीयु शड्ढयामै छाडेर उनी ब्रम्हलीन भए । अहिले पत्नीको स्वास्थ्य अवस्था राम्रो भएको छ । मल्लका श्रीमती, ३ छोरा, एक छोरी छन् । प्रजातन्त्रको बहालीपछि २०४६÷२०४७ पछि सपरिवार उनी पुतलीबजार नगरपालिका १ स्थित प्रगतिनगरमा बस्थे ।
    कुशल संगठक, सामाजिक अभियन्ता, राजनीतिज्ञ, विकासप्रेमी स्वर्गीय गजिन्द्रप्रकाश मल्लप्रति हाम्रो पनि भावपूर्ण श्रद्धान्जली ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कांग्रेस नेता खगेन्द्रराज रेग्मीको ‘जीवनयात्रा’ पुस्तकमा

    September 10, 2022

    के छ एमसीसीमा ?

    February 5, 2022

    नेपाली कांग्रेसको इतिहास र नेतृत्वका लागि भएका छिनाझप्टीको तथ्य

    December 15, 2021

    सरकारका आँखामा लैंगिक समानता

    July 31, 2021

    शोकाकूल काजिमान हरिटीका

    July 9, 2021

    पत्रकारले यस कारणले लिनु हुन्न सरकारी सुविधा

    June 18, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.