स्याङ्जा ८ मंसिर । प्रायजसो देउसी भैलो खेलेको रकमबनभोज जाने रमाईलो गर्ने गरेका कुरा बाहिर आईरहेका बेला वालिङ नगरपालिका वाड नं.९ तल्लो वालिङ स्थित यु क्या जापानिज ल्याङग्यज कन्टलटेन्सीले भने उदाहरणी कार्य गरेको छ ।
कन्सल्टेन्सीमा आबद्ध ५० जनाविद्यार्थीहरुको सहभागीतामा खेलीएको देउसी भैलोबाट उठेको ५० हजार रुपैयाँ साहारा विहीन जेष्ठ नागरिक बसोबास गर्ने गल्याङ नं.१ राम्दीस्थित शिवपार्वती बृद्वाश्रम तथा बहुउदेश्यीय संस्थामा सहयोग गरेका कन्टलटेन्सीका सञ्चालक अतिन गुरुङ्ले भन्नु भयो ।
हामीले समाजमा केही रचनात्मक र सिर्जनात्मक कार्य गर्ने भनेर आफ्नो कन्टलटेन्सीमा आउने विदार्थीहरुसँग सल्लाह गरेर देउसी भैलो खेलेर संकलन भएको रकम राम्दीमा जेष्ठ नागरिककालागि सहयोग गर्ने भनेका थियौं सोही अनुसार हामीले सामाजिक कार्यमा सहयोग गरेको बताउनु भयो ।
युवा पुस्ताले नयाँ सोच बिचारका साथ अगाडि बढ्न आवश्यक भएको बताउदै आश्रममा रहनु भएका आमाबाबालाई गरिएको सहयोगले पुण्य आर्जन हुने समाजसेवी गोपाल अर्यालको भनाई छ ।
शिबपार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्थाका सचिव सुनिल श्रेष्ठले संस्था सञ्चालन देखि लिएर जेष्ठनागरिकको खानपान तथा स्याहार सुसारमा समस्या परेका बेला सहयोगीमनहरुले सहयोग गरेको प्रति विशेष धन्यवाद दिनु भयो ।