स्याङ्जा, २८ पुस । चक्कु प्रहारका कारण एकैदिन एकाघरका भाईको मृत्यु भएको छ भने दिदी घाईते छन्। धारिलो चक्कु प्रहारगरी घाईते र मर्नेसम्मको अवस्थामा पुरयाएकोे भन्दै प्रहरीले ३३ बर्षे जितेन्द्र गुरुङलाई पक्राउ गरेको छ । पर्वत घर भई हाल वालिङ्मा नगरपालिका १० भकुण्डे डेरागरी बस्ने गुरुङ्ले १६ महिने बालक र ५ बर्षे बालिकालाई चक्कु प्रहारपछि फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
बुधवार (आज) दिउँसो साढे एक बजे रनमायाको १६ महिने छोरा साईमन गुरुङको घाटीमा चक्कु प्रहार गरेको र त्यसपछि उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको उहाले भन्नुभयो । अर्का घाईते मृतकका दिदी ५ बर्षे साईना गरुङको घाटी (अगाडि), बायाँ हातको बुढी औलामा चोट भएकाले सोही प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ ।
Monday, June 9
Trending
- आजदेखि ट्राफिक सप्ताह सुरु
- पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
- इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
- भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
- राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
- जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
- सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
- प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण