Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङमा औधोगिक, ब्यापार तथा कृषि महोत्सव चैत ३० देखि सुरु
    गल्याङ् नगरपालिका

    गल्याङमा औधोगिक, ब्यापार तथा कृषि महोत्सव चैत ३० देखि सुरु

    Syangja SandeshBy Syangja SandeshApril 7, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ चैत । गल्याङ् उद्योग वाणिज्य संघ स्थापना दिवसको अवसर पारेर गल्याङ्मा औधोगिक, ब्यापार तथा कृषि महोत्सव हुने भएको छ । स्याङ्जाको ब्यापारिक नगर गल्याङ्मा चैत मसान्त ३० गतेदेखि बैशाख ९ गतेसम्म तेस्रो गल्याङ् महोत्सव गरिने भएको उद्योग वािण्ज्य संघ गल्याङ्ले शनिवार पत्रकार सम्मेलनगरी जानकारी गराएको हो ।

    तल्लो गल्याङ स्थित खेलमैदानमा “गल्याङ महोत्सवको आधार कृषि, उद्योग पर्यटन नै हाम्रो पूर्वाधार” भन्ने मूल नारा सहित १० दिने तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव हुने भएको हो ।

    स्थानीय उत्पादन, कला, संस्कृतिको प्रचारप्रसार, प्रवद्र्धन तथा संरक्षण गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको गल्याङ् उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (धु्रव) ले जानकारी दिनुभयो । महोत्सवबाट बचत रकमले संघको भवन निर्माणका लागि जग्गा खरिद गर्ने सहित सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न तथा गरिब परिवारका छोराछोरीलाई अध्ययनमा सहयोग गर्ने श्रेष्ठले बताउनुभयो । महोत्सवमा १ सय ४० स्टल राखिने भएको छ । ती मध्ये २० स्टल कृषिका लागि निःशुल्क उपलव्ध गराइने उहाले भन्नुभयो ।

    महोत्सव अवलोकनमा आउने प्रति ब्यक्ति सर्वसाधारणकालागि १ सय, विद्याथीका लागि ७० रुपैंयाको टिकट दर तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

    यसैगरी महोत्सव सफल पार्नका लागि २९ वटा विभिन्न उपसमिति बनाइएका छन् । खासगरी गल्याङ नगरभित्रका सेतीवेणी शिला, ताम्केकोट, जगत्रदेवी, आलमदेवी तथा गहौंकालिका तथा अकलादेवी मन्दिर एवम् कालीगण्डकी तथा आँधीखोला जलविद्युत परियोजना, उत्तरवाहिनी, रामदी लगायतका धार्मिक क्षेत्रको प्रचारप्रसार एवं अवलोबन गर्ने गराउने महोत्सवको अर्को उद्देश्य रहेको छ ।

    अन्तर जिल्ला भलिवल प्रतियोगिता, गल्याङ डान्स आईडल, खुल्ला रत्यौली प्रतियोगिता, स्थानीय र राष्ट्रिय कलाकारका प्रस्तुती महोत्सवको थप आकर्षण रहेको बताइएको छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, द्धितिय हुनेले १ लाख, तृतीय हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलका बिभिन्न विधागत पुरस्कारका समेत व्यवस्था गरिएको छ ।

    गल्याङ डान्स आइडल र रत्यौली गरी दुबै विधाका प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले नगद १५ हजार, १० हजार र ५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    सेतो शहरको रुपमा परिचित गल्याङको दुध र दुधजन्य परिकार महोत्सवको विशेष रहने बताइएको छ । तरकारी, फलफूल, माछा, मह तथा अन्य कृषि उत्पादन, बीउविजन तथा प्रांगारिक मलखाद, कृषि औजार प्रबिधि तथा यन्त्र, जडीबुटी तथा औषधी, पर्यटन तथा शैक्षिक संस्था, गलैचा तथा पश्मिना, सौर्य उर्जा तथा जलबिद्युत, मोवाइल तथा सूचना प्रबिधि, इलेक्ट्रिकल्स, घर जग्गा तथा निर्माण सामाग्री, बैक तथा बित्तिय संस्था फर्निचर लगायत दैनिक उपभोग्य सामाग्री सहित तयारी पोशाक तथा जुत्ताचप्पल लगायका सेवा उपलब्ध गराइने भएको छ ।

    महोत्सवमा सिसि क्यामरा सहितको २४ से घण्टा सुरक्षा, वाइफाई जोन, इन्टरनेट, टेलिफोन, प्राथमिक उपचार, खानेपानी, पार्किङ, उत्कृष्ठ स्टल पुरस्कार, सहभागीलाई प्रमाणपत्र सहित मायाको चिनो लगायतका सुबिधा उपलब्ध गराउनेगरी योजना बनेको छ ।

    महोत्सव अवधिभर १ लाख दर्शकले अवलोकन गर्ने गर्ने र झण्डै डेढ करोडको कारोवार गरिने बताइएको छ । महोत्सवमा बाल उद्यान, टीकट विक्रि, प्रायोजन, स्टल लगायत अन्य बिबिध शिर्षकबाट ५४ लाख लाख ९५ हजार आमदानी गर्ने सबै खर्च कटाएर ५ लाख ७५ हजार बचत गर्ने आयोजकको अनुमान छ । यस्तै १ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । नयाँ वर्षको आगमनसंगैै शैक्षिकसत्र सकिएर विदाको समय पारेर महोत्सव आयोजना गरिएकाले महोत्सव राम्रो हुनेमा आयोजक विश्वस्त छ ।

    कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, उद्योग वाणिज्य संघ गल्याङ्का निवर्तमान अध्यक्ष यज्ञप्रसाद अर्या, संस्थापक अध्यक्ष लेखनाथ भट्टराई, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठ, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा लगायतले महोत्सवको शुभकामना सहित सुझाव दिनुभएको थियो ।
    जिल्ला स्थित पत्रकारहरुले महोत्सवको बारेमा बिभिन्न जिज्ञासा सहित सुझाव दिएका थिए ।

    गल्याङ् उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (धु्रव) को अध्यक्षतामा सम्पन्न कार्यक्रमममा वरिष्ठ उपाध्यक्ष बलराम श्रेष्ठले स्वागत, प्रथम उपाध्यक्ष बिष्णु अधिकारीले धन्यवाद एवं महासचिव उमा श्रेष्ठले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.