Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 1
    Trending
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एक्लो संरक्षक गुमाएका १४ बर्षे रोशन
    बिरुवा गाउँपालिका

    एक्लो संरक्षक गुमाएका १४ बर्षे रोशन

    नावालक छदैं रोशनका आमाले अर्को विहे गर्नुभो । बा ले उहालाई लालनपालन गर्न सक्ने अवस्थाका हुनुहुन्न । ज्यान पाल्नका लागि भारत हानिनु भएका उहाँ सुस्त मनस्थिती रहेको बताइएको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 26, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ साउन । नावालक छदैं रोशनका आमाले अर्को विहे गर्नुभो । बा ले उहालाई लालनपालन गर्न सक्ने अवस्थाका हुनुहुन्न । ज्यान पाल्नका लागि भारत हानिनु भएका उहाँ सुस्त मनस्थिती रहेको बताइएको छ ।

    हजुरआमा गुञ्जेश्वरी शर्माको बाढीपहिरोमापरि करिब ३ साताअघि मृत्यु भएपछि १४ बर्षिय रोशन शर्मा अहिले एक्लो हुनु भएको छ । हजुरआमाको संरक्षकत्वमा हुर्कनु भएका रोशन कक्षा ७ मा अध्ययरत हुनुहुन्छ । बालस्वभावका स्थिर नहुने भएकै कारणै उहा खेल्ने बहानामा घरबाहिर जानुभयो । अनि बाढीपहिराको जोखिमबाट जोगिन सफल हुनुभयो ।

    असारको चौंथो साता शनिवार स्याङ्जामा बाढीपहिराले वितण्डा मच्चायो । सोही दिन बिरुवा गाउँपालिका ६ स्याङदीका माधव शर्मा, हरिमाया शर्मा र गुञ्जेश्वरी शर्मा मरासीनीको एकैघरभित्र पुरिएर मृत्यु भयो।

    ती दुई घर मध्ये एउटा घरमा पती÷पत्नी (माधव र हरिमाया शर्मा) र अर्को घरमा हजुरआमा÷नाती (गुञ्जेश्वरी र रोशन शर्मा) बस्दै आएका थिए । घर माथि पहिरो खसेका बेला रोशन साथीहरुसंगै खेल्न घरबाहिर खेल्दै थिए ।

    शुक्रवार साँझदेखि परेको मुसलधारे पानीले राम्चेभ¥याङ् सामुदायिक बनबाट ठूलो पहिरो झ¥यो । सामुदायिक बनमुनि रहेको स्याङ्दी बस्तीलाई छोप्न थालेपछि स्थानीयबासीले बस्तीमा रहेका २ घरका ४ जनालाई शनिवार दिउँसो सुरक्षित स्थान लामाखेततर्फका एक घरमा लगेर राखियो ।

    ‘बर्मा गए पनि कर्मसंगै’ भने झैं भयो। मृत्युले पनि उनीहरुलाई पछ्याउन छाडेन । स्याङ्दी माथिबाट झरेको पहिरो र ज्यादी खोलाको बाढीले एउटा घर भत्काए पनि अर्को घर भने सुरक्षित नै राखेको छ । पहिरो पनि निकै ठूलो छ। सिंगो बन लछारेर बगेको छ । धेरै धनजनको क्षति पुगको छ ।

    बनमाथिबाट झरेको बाढी सहितको लेतोले स्याङ्दीको एउटा घर छोप्यो। पूरै भत्कायो । तर, अर्को घर भने ठिकै छ । ग्याग्दी खोला किनारमा रहेको सो बस्तीमाथिबाट झरेको पहिरो र खोला किनारबाट आएको बाढीले असुरक्षित बनायो । जुनसुकै बेला बगाउन सक्ने देखिएपछिस्थानीयले सुरक्षित ठाउँ भनेर लामाखेत ठह¥याए ।

    उही लगेर राख्ने निर्णय बमोजिम उद्धारगरी उहाहरुलाई उतै राखियो । तर, सोही घरमाथि बाट पनि पहिरो खस्यो । सुरक्षित भनेर राखिएको घर झनै असुरक्षित बन्यो । घरभित्र बसेर खाना खादै गरेका उनीहरु माधव, हरिमाया र गुञ्जेश्वरी माथि पहिरो झ¥यो । उनीहरु त्यहीघरभित्र पुरिए, त्यही नै मृत्युभयो ।

    नपत्याउदो ठाउँबाट पहिरो झरेको छ । पहिराले परम्परागतशैलीको गाउँघरे ठूलो घर भत्काएको छ । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनचादी केही झिक्न नपाएको घरधनीको भनाईछ । सोही दिन त्यही घरमा श्राद्ध भएकाले त्यहाँ मानिसको आवतजावत पनि बढी नै थियो ।

    बाढी र पहिरोमा परेर आजसम्म स्याङजामा ११ जनाको मृत्यु र ७ घाईते भएका छन । बिरुवा गाउँपालिकाका ३, फेदिखोला गाउँपालिकाका २, आँधीखोला गाउँपालिकाका २, पुतलीबजार नगरपालिकाका १ जना र भीरकोट नगरपालिकाका दुई जना छन् । ससुराली गएका अर्जुनचौपारीका २ जनाको कास्कीमा आएको पहिरोमा परि मृत्यु भएको छ ।

    योसंगै दुई सातामा स्याङ्जामा बाढीपहिरोमा परेर ११ जनाको मृत्यु भएको छ । बिरुवाका ५ र आँधीखोलाका २ जना घाइते छन्। भीरकोट, गल्याङ नगरपालिका सहित आँधीखोला गाउँपालिकाका बस्तीहरु जोखिममा छन ्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.