स्याङ्जा ५ पुस । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३८ औं साधारणसभा तथा जिल्ला अधिवेशनमा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मान गरिएको छ ।
पत्रकार सहित बिबिध सामाजिक क्षेत्रमा योगदान पुरयाएको भन्दै ११ जनालाई सम्मान, कदर र प्रशंसापत्रले सम्मान गरिएको छ ।
डेढ दशकदेखि स्याङ्जामा बसेर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेको जनाउदै उहाँको योगदानको कदर गर्दै पत्रकार सिग्देललाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
उहाँ वालिङ्बाट प्रकाशित पब्लिक आवाज, सगरमाथा टेलिभिजन, राजधानी दैनिक लगायतमा आवद्ध हुनुहुन्छ ।
उहासंगै सम्मान पाउनेमा अग्रज ब्यवसायीहरुमा टोकनारायण ढकाल, समसुद्धिन मिया, देवनारायण श्रेष्ठ, पूर्व अध्यक्ष एवं अग्रज ब्यवसायी महेश श्रेष्ठ र महिला उद्यमी शितल आले रहनु भएको छ ।
यसैगरी, महिला उद्यमी उपसमिति संयोजक इन्द्रेणी अधिकारीलाई कदरपत्रले सम्मान गरिएको छ ।

संघको सदस्य भई हाल जनप्रतिनिधिमा निर्वाचित हिटलर पौडेल र मुवारक मिया सहित विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भएका ई.अनुप श्रेष्ठ र रविन केसी लाई पनि प्रशंसापत्रले सम्मान गरिएको
छ ।

सम्मानित सबैलाई नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ट उपाध्यक्ष अञ्जन श्रेष्ठ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला सहितले सम्मान गर्नुभएको हो ।