स्याङ्जा १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र वालिङ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वालिङमा १० दिने बारिष्टा तालिम शुरु भएको छ ।
सामाजिक विकास मन्त्रालय, हेल्भटास अन्र्तगत इन्स्योर परियोजनाको आर्थिक एवं प्राविधिक सहयोगमा १० दिन अर्थात ५० घण्टे बारिष्टा तालिम शुरु भएको हो ।
सीप स्तरोन्नति तालिमको उद्दघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा इन्स्योर परियोजनाका फोकल पर्सन सञ्जिवबाबु कोईरालाले स्वदेश तथा बिदेशमा समेत वारिष्टाका पारखीको संख्या दिनानुदिन बढ्दो रहेको जनाउनुभयो । सीप सिकेर आजआर्जन बढाउन सकिनेमा अध्यक्ष कोइरालाको भनाई छ । सीप सिकेर ब्यवहारमै उपयोग गर्नुपर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा महासंघका पुर्वकेन्द्रिय सदस्य शोभाकान्त पौडेलले युुवालाई स्वदेशमा रोजगार दिने खालका सीपमूलक तालिमको आवश्यकता ओैल्याउनुभयो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीले स्वागत र कार्यालय सचिव बाबुराम रेग्मीले संचालन गर्नुभएको थियो ।
तालिममा अमिन श्रेष्ठ र नविस गुरुङले प्रशिक्षण दिने भएको सो तालिममा २४ जना सहभागी छन् ।
