सुशील सुवेदी
स्याङ्जा २५ पुस । पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने भन्ने अन्यौलता हुने गर्दछ ।
यस्तै समस्यालाई निराकरण गर्न सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र वालिङ नगरपालिकाको सहकार्यमा वृत्ति मार्ग निर्देशन कार्यक्रम बुधबारबाट संचालन गरिएको छ ।
यहाँको ४ विद्यालयलाई केन्द« बनाएर कक्षा ९ मा अध्यायनरत १८६ जना विद्यार्थीलाई सहभागी गराईने शिक्षा अधिकृत गीता पाठकले बताउनुभयो ।
भविष्यको चिन्ता र अन्यौलतामा रहेका विद्यार्थीलाई सम्बोधन गर्न यो कार्यक्रम प्रभावकारी रहेको बताउँदै पाठकले भन्नुभयो , ” दिगो तथा सम्मानित रोजगारीको लागि विद्यार्थीलाई आत्मसम्मान मिल्ने विश्वास लिएका छौँ । “
पहिलो चरणमा सरस्वती मा.वि र पूर्णामृत भवानी मा.वि केन्द«मा ९८ विद्यार्थीले सहभागिता जनाएका छन् । पहिलो चरणको कार्यक्रम २९ गते सम्म संचालन हुनेछ ।
कार्यक्रममा सहभागी भएपश्चात आँफूहरु धेरै खुसी भएको पुर्णमृत भवानी मा.वि काक्षा ९ मा अध्यायनरत विद्यार्थी ईसा न्यौपानेले बताउनुभयो ।
न्यौपाने भन्नुहुन्छ , ”कार्यक्रम निकै प्रभावकारी लाग्यो । मेरो सानै देखिको लक्ष्य नर्सिङ बन्ने थियो तर त्यसमा धेरै सेक्टर हुन्छ भन्ने थहा थिएन अवसर अरु क्षेत्रमा पनि धेरै रहेछन् । “
यस्तै दोस्रो चरणको कार्यक्रम माघ १४ देखि १९ सम्म रणविर जनहित मा.वि र बालशिद्ध मा.वि मा ८८ जना विद्यार्थीलाई समावेश गराईनेछ ।
आज भएको पहिलो चरणको कार्यक्रममा जनहित मा.विका प्र.अ मातृका अर्याल , बाल शिद्ध मा.वि का शिक्षक रेशम रेग्मी र हिमाली मा.वि का शिक्षक लोकराज खनालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं १३ का अध्यक्ष नमलाल डुम्रे , पूर्णामृत भवानी मा.विका वि.व्य.स सदस्य यमकान्त खनाल , प्र.अ याम बहादुर कुवँर र विष्णु अर्याल र सिता गौँडेलले शुभकामना व्यक्त गर्नुभएको थियो ।
Friday, February 14
Trending
- श्रीस्वस्थानी व्रत कथा समापन गरिदै
- नेपालकै पहिलो नबग्रह मन्दिर स्याङ्जाको अर्जुनचौपारीमा
- स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले लगाए एचपिभी खोप
- सातौं स्याङजा महोत्सव आउन सातादिन बाँकी, ९० प्रतिशत तयारी पुरा
- लागुऔषध तथा कुलतअन्त्य सम्बन्धी भूपूमा सचेतनामूलक प्रशिक्षण
- बिद्यार्थीको हौसला बढाउन सदस्य मियाले दिए शैक्षिक सामाग्री सहित मादल
- वालिङमा हुने ‘पिंक सिटि महोत्सव’ माघको २१ देखि
- अपांगता भएका ब्यक्तिलाई तरकारी खेती सम्बन्धी तालिम