स्याङ्जा २५ कात्तिक । नेकपा एमाले स्याङ्जाले संविधानको रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा गरेकोे छ ।
स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार बाहेक अन्य १० पालिकाका नगर तथा गाउँ कमिटिले संविधानको रक्षार्थ मंगलबार मोटरसाईकल ¥याली गरेर शक्ति प्रर्दशन गरेका हुन् ।
दक्षिपन्धी अवसरबाद र संगठनात्मक अराकतालाई पराजित गरी ज.ब.ज.को मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ भन्ने नाराका साथ १० वटै तहमा ¥याली गरिएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।
यसैगरी, वालिङमा आयोजित मोटरसाइकल सहितको ¥याली भकुण्डे स्थित पार्टी कार्यालयबाट शुरु भई तल्लो वालिङ, भि.आई.पि. टोल हुँदै वालिङ मोडमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा एमालेका जनसंगठन, कार्यकर्ता, युवाहरुको उल्लेख्य सहभागि थिए ।
कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा पुर्व सांसद नारायणप्रसाद मरासिनीले राष्ट्र र राष्ट्रियताको पक्षमा नेकपा एमाले सतिसाल झै उभिने पार्टी भएको बताउनुभयो । एमालेले हजारौं नागरिकको योगदान र बलिदानीबाट बनेको संविधानलाई संकटावस्थामा ल्याईएको भन्दै संविधानको रक्षार्थ एमालेले ¥याली तथा जनप्रर्दशन गरेको बताउनुभयो ।
संविधानको पुर्नस्थापना गरिनुपर्ने बताउँदै मुलुकलाई शुसासनतर्फ अगाडि बढाउन एमाले सँधै अगाडि बढ्ने भन्दै जेनजीको सकरात्मक र देशको हितमा रहेका एजेण्डाप्रति एमाले साथमा रहेको मरासिनीको भनाई छ । जेनजीको मुखौटामा भारतीय, तिब्बतीयन र अमेरिकन शक्तिहरुले नेपाललाई ध्वस्त पार्ने प्रयास गरिएको उहाको दावी छ ।
कोणसभामा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका अध्यक्ष मोहन रेग्मीले जेनजीहरुको पक्षमा रहेको शुन्य भ्रष्टाचारको पक्षमा काम गरिहँदा बाह्य शक्तिका कारण देशलाई ध्वस्त बनाउने प्रयास गरिएको बताउनुभयो । नेपाली कांगे्रस र एमालेको सरकारलाई हटाएर मुलुकलाई ध्वस्त बनाउने कार्य बाह्य शक्तिका कारण भएको भन्दै वर्तमान सरकार असंवैधानिक भएको जिकिर गर्नुभयो ।
नेकपा एमाले सँधै जनताको पक्षमा युवाहरुलाई प्राथामिकताका साथ अगाडि बढिरहेका बेला पुराना पार्टीप्रति वितृष्णा फैलाउने कार्य भएको भन्दै यस्ता शक्तिहरुका विरुद्ध एमाले सँधै अडिक रहेकोमा जोड दिनुभयो । एमाले चुनावबाट भाग्ने पक्षमा नरहेको भन्दै आन्दोलनको नाममा प्रहरीका कयौँ हतियार लुटिएका, समाजमा अराजक फैलाउने व्यक्तिहरु खुलेआम समाजमा हिडिरहेको भन्दै यस्तो असुरक्षित वातावरणका बीचमा चुनाव कसरी हुन सक्छ भन्दै प्रश्न गर्नुभयो ।
यसैगरी, एमालेले जिल्ला सहित पुतलीबजारको जनसभा एवं रयाली २८ गते गर्ने एमाले जिल्ला कार्य समिति सदस्य अमृत नेपालीले जानकारी दिए । पुतलीबजार बाहेक यहाँका ५ गाउँपालिका सहित ५ नगरपालिकामा भने एमालेले मंगलबार मोटरसाइकल रयाली सहितको जनपरिचालन सभा गरेको थियो ।

नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत मंगलबार ७ सय ५३ वटै पालिकामा जनप्रर्दशन गरेको हो । प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गर्ने केन्द्रिय परिपत्र अनुरुप स्याङ्जामा पनि कार्यक्रम गरिएको सदस्य नेपालीले जानकारी दिनुभयो । ।
कात्तिक २२ गते देशका सबै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको थियो । मंगलबारको कार्यक्रममा कतिपय पालिकाहरुले मोटरसाइकल रर्याली मार्फत एमालेको शक्ति प्रदर्शन गर्दै नारा, जुलुस समेत गरेका हुन ।
