स्याङ्जा १५ मंसिर । स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयले आज बृहत बिज्ञान प्रदर्शनी कार्यक्रम गरेको छ ।
प्रर्दशनी कार्यक्रमको उदघाटन एवं अवलोकन गर्दे पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले आफुले अध्ययन गरेका बिषयबस्तुलाई प्रयोगगात्मक बिधिद्धारा सिक्ने र सिकाउने यस बिधि अत्यन्त उपयोगी भएको बताउनुभयो । सैद्धान्तिकरुपमा रहेको किताबी ज्ञानलाई ब्यहारमा प्रयोगगरी अध्ययन गर्दा बिद्यार्थीलाई अझ धेरै ज्ञान र सीपको सिकाई हुने प्रमुख रेग्मीको भनाई छ ।
यस्ता कार्यक्रले बिद्यार्थीको ज्ञान, सीप र क्षमतालाई बढाउने हुदाँ अन्य बिद्यालयहरुले पनि सिको गर्नुपर्नेमा उहाले जोड दिनुभयो । यस्ता कार्यक्रमले बिद्यार्थीमा उत्सुकता थप्नुको साथै खोजमुलुक र अनुसन्धानमुलुक बनाउने र शिक्षण सिकाइमा सहज बनाउने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले बिद्यार्थीको क्षमता र दक्षता अभिबृद्धि गर्ने यस्ता कार्यक्रमको निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
प्रर्दशनीमा सोही बिद्यालयका कक्षा १ देखि १२ र इन्जिनियरिङ् संकायमा अध्ययरत बिद्यार्थीहरुले कक्षागत रुपमा अध्ययन गरेका बिषयबस्तुलाई प्रयोगगात्मक बिधिद्धारा बिज्ञान बिषयको प्रर्दशनी गरेका थिए । सो शैक्षिक अवलोकनकालागि पुतलीबजार नगरपालिका ३ स्थित भूतपूर्व सैनिक आवासिय अंग्रेजी बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुले पनि अध्ययन अवलोकन गरेका थिए ।
प्रदर्शनीमा बिधालयका आधारभूत तह (१–५) का विद्यार्थी बाट ३० वटा , आधारभुत तह (६–८) बाट १८ वटा र माध्यमिक तह (९–१२)बाट २४ वटा गरि जम्मा ७२ वटा समुहले आफ्नो प्रदर्शनी प्रस्तुत गरेका थिए । आफैले निर्माण गरेका बिज्ञान ,कम्प्युटर र इन्जिनियरिङ संग सम्बन्धित अत्यन्तै आकर्षक सामग्रीहरु प्रदर्शन गर्दै बिद्यार्थीहरुले सोको बारेमा बिस्तृत विवरण समेत प्रस्तुत गरेका थिए ।
बिधालयमा हरेक बर्ष नियमित रूपमा संचालन गरिदै आएको बिज्ञान प्रदर्शनी कार्यक्रम यस बर्ष पनि तहगत रूपमा तीन तहमा बिभाजन गरेर सन्चालन गरिएको थियोे । सोही अनुसार पुरस्कर बितरण गरिने भएको छ ।
माध्यमिक तह (९–१२)मा प्रथम हुनेलाई ६ हजार, द्धितियलाई ४ हजार, तृतीयलाई ३ हजार र सान्त्वनालाई एह हजारले पुरस्कृत गरिने भएको छ ।
यसरी नै आधारभूत तह (६–८) मा प्रथम हुनेलाइ ३ हजार, द्धित्तियलाइ २ हजार, तृतीयलाई एक हजार र सन्तवना ५ सय प्रदान गरिने भएको छ ।
आधारभूत तह (१–५) मा प्रथमलाइ १ हजार ५ सय, द्धितियलाइ १ हजार ३ सय , तृतीय लाइ ९ सय र सान्त्वनालाई ८ सय गरि जम्मा २५००० (पच्चिस हजार ) नगद बराबरको नगद पुरस्कार प्रदान गरिने शिक्षक बि.पि पोख्रेलले जानकारी दिनुभयो ।
विभिन्न महत्त्वपूर्ण र नयाँ प्राविधिहरू समाबेश गरिएको सो प्रदर्शनी बिधालयका अभिभावक, शिक्षक, विद्यार्थी साथै नगरपालिका स्थित अन्य बिधालयहरुले समेत अवलोकन गरेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक प्रेमप्रसाद पौडेलले स्वागत र बिज्ञान विषय संयोजक नवराज सुवेदीले संचालन गर्नुभएको थियो ।
