Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » त्रिभुवन बहुमुखी क्याम्पसमा अपांगता सम्बन्धी सचेतना अभियान सुरु
    पुतलीबजार नगरपालिका

    त्रिभुवन बहुमुखी क्याम्पसमा अपांगता सम्बन्धी सचेतना अभियान सुरु

    Syangja SandeshBy Syangja SandeshDecember 1, 2024Updated:December 1, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ मंसिर । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र पुतलीबजार स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरकार्यपालिकाको सहयोगमा अपांगता सम्बन्धी सचेतना अभियान कार्यक्रम आइतवारदेखी सुरु भएको छ । स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आर्दश बहुमुखी क्याम्पसमा अध्ययरत छात्रछात्रालाई लक्षित गर्दे सो कार्यक्रम सुरु गरिएको हो ।

    अभियानको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले सबै ब्यक्ति एकै हुन र सबैले समान अवसर पाउनु पर्छ भन्ने मान्यताले पुतलीबजार नगरपालिका अघि बढेको बताउनुभयो । पछिल्लो समय अपांगता भएका ब्यक्तिले राम्रा र उदाहरणीय काम गरेर अन्य ब्यक्ति भन्दा फरक नदेखिएको प्रमाणित गरिसकेको उहाको भनाई छ । नगरपालिकाले अपांगता परिचयपत्र बितरण, स्वास्थ्य बिमा र स्याहारे भत्ता लगायतका कार्यक्रममा सहयोग गर्दै आएको जनाउदै आगामी दिनमा समेत यस्ता कामलाई निरन्तरता दिईने बताउनुभयो ।

    कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भवानी अधिकारी, स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस इकाइ सभापति सविन रेग्मी लगायतले शुभकामना सहित अपांगता क्षेत्रका समस्या, चुनौती र अवसरका बारेमा आ आपना धारणा ब्यक्त गर्नुभएको थियो ।

    क्याम्पस संचालक समिति सदस्य पृथ्वीप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्राध्यापक कृष्णप्रसाद लामिछानेले गर्नुभएको थियो ।

    सोही कार्यक्रममा अपांगता समाज स्याङ्जा जिल्ला अध्यक्ष राम शर्मा पोखरेल, अपांगता विज्ञ एवं अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जका अध्यक्ष युवराज पराजुली र सहजकर्ता नारायणप्रसाद रेग्मीले अपांगता सम्बन्धी अवधारणा, अपांगताका प्रकार, परिचयपत्र र स्वयंसेवक छनौट सम्बन्धी छुट्टाछुट्टै प्रशिक्षण दिनुभएको थियो ।

    क्याम्पस कक्षा ११, १२ र स्नातक तहमा अध्ययरत छात्रछात्रा सहभागी थिए । सोही समूहबाट स्नताक तहमा अध्ययरत सन्ध्या पोखरेल, कक्षा ११ र १२ मा अध्ययरत नविना गोदार र मनोज बुढाथोकीले स्वयंसेवी भई सेवा गर्नकालागि आ आफना नाम शिफारिस गर्नुभएको छ ।

    अभियान अन्र्तगत पुतलीबजार नगरपालिकाका ४ वटा बिद्यालय र क्याम्पसमा यस सम्बन्धी सचेतना कार्यक्रम कार्यक्रम गरेर सम्पन्न गरिने अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्रले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.