स्याङजा ७ कात्तिक । पुतलीबजार नगरपालिका ७ स्थित ठूलाडिही रि यूनाइटेड क्लवको आयोजनामा वडा स्तरीय पुरुष भलिवल तथा भेन्ट्रास प्रतियोगिता सहित बिबिधि सास्कृतिक कार्यक्रम आज (मंगलबार) देखि सुरु भएको छ ।
प्रतियोगिताको उदघाटन गर्दै नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति कुमार रानाले खेलकूद प्रतियोगिताले भावनात्मक सम्बन्ध बढाउने बताउनुभयो । खेलबाट राम्रा आयआर्जन गर्न सकिने जनाउदै स्याङ्जालीहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा समेत खेल्ने अवसर पाएको बताउनुभयो । क्रिकेटका माध्यमबाट विश्व सामु चिनाउन सकिएको जोड दिदै यसतर्फ राज्य र सरोकारवालाले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, पुतलीबजार नगरपालिका १ का सदस्य बिष्णुकुमार श्रेष्ठ, नेपाली कांग्रेस वडा नं. ७ का सभापति नरेन्द्र थापा, जनता माविका प्रधानाध्यापक खुमबहादुर राना, स्थानीय समाजसेवीहरु सुरेन्द्र रेग्मी, विश्वमित्र नेपाल, क्लवका सल्लाहकार चेतबहादुर थापा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
क्लवका अध्यक्ष चेतबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सन्दीप रेग्मीले स्वागत एवं सदस्य शिव गौतमले संचालन गर्नुभएको थियो । ५ दिने प्रतियोगितामा १५ समूहको सहभागि हुने भएका छन् । प्रथम हुने समूहले नगद एक लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार रुपियाँ पुरस्कार सहित मेडल, ट्रफी, र प्रमाणपत्र पाउनेछन ।
भेट्रान्स तर्फ भने प्रथम हुनेले खसी सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिता अवधिभर अन्य बिबिध खेलकूद सहित सांस्कृतिक कार्यक्रम संचालन गरिने भएको छ ।