Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 14
    Trending
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    • मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » क्षयरोग खोजपड्ताल अभियान ः भीरकोटमा मात्र ११ जनामा पुष्टि, ३९ जना शंकास्पद
    भीरकोट नगरपालिका

    क्षयरोग खोजपड्ताल अभियान ः भीरकोटमा मात्र ११ जनामा पुष्टि, ३९ जना शंकास्पद

    Syangja SandeshBy Syangja SandeshDecember 5, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० मंसिर । भीरकोट नगरपालिका १ बयँरघारीबजारमा क्षयरोग खोजपड्ताल शिविर गरिएको छ। शिविरमा आएका मध्ये ११ जनामा क्षयरोगका संक्रमण पुष्टि भएको छ भने थप ३९ जना शंकास्पद देखिएका छन ।

    स्याङ्जाका एघार पालिकामध्ये भीरकोट एक हो। यसरी हेर्दा यहाँ परिक्षण गरिएका मध्ये २ दशमलब ४ प्रतिशतमा क्षयरोगको संक्रमण देखिएको छ ।

    शिविरमा आएका मध्ये ४ सय ५० जनाले स्वास्थ्य परिक्षण गरेका थिए । ती मध्ये ३९ जनामा क्षयरोग हुनसक्ने आशंकामा खकारको नमूना परिक्षणका लागि जीन एक्सपर्ट ल्याब पठाइएको स्वास्थ्य कार्यालयका क्षयरोग अधिकृत बिष्णु सुवेदीले जानकारी दिनुभयो
    जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) को आयोजनामा स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वय तथा क्षयरोग उपचार केन्द्र पोखराको सहकार्यमा भीरकोट शिविर गरिएको हो।

    एआई पद्धतीको डिजिटल पोर्टेबल आधुनिक मेशिनबाट बिशेषज्ञ चिकित्सक सहितको टोलीले छातीको एक्सरे बिधिबाट स्वास्थ्य परिक्षणमा गरिएको थियो।

    दिर्घरोगी, बयोबृद्धा, क्षयरोगको सम्पर्कमा आएका जोखिमपूर्ण समूहलाई लक्षित गर्दे शिविर आयोजना गरिएको भीरकोटका उपप्रमुख भगवती अर्यालले बताउनुभयो । लाज र डरले रोग लुकाएर बस्न नहुने उनको भनाई छ। सबै स्वास्थ्यसंस्थाबाट निशुल्क प्राप्त हुने औषधी नियमित सेवन गरेमा समयमै रोग निको हुने हुदाँ नडराउन, नआत्तिनु तथा नलुकाउन उहाको सुझाव छ।

    क्षयरोगको औषधी सबै स्वास्थ्य संस्थाबाट निःशुल्क पाइन्छ। नियमित र चिकित्सका सल्लाह बमोजिम औषधी सेवन गरे क्षयरोग निको हुन्छ । निरन्तर ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, वाकवाक हुने, खकारमा रगत लगायतका लक्ष्यण देखिएमा क्षयरोग हुन सक्ने अनुमान गर्दै स्वास्थ्यकर्मीको सल्लाह लिन क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डा. सुनिलराज गौतमको भनाई छ ।

    आर्थिक वर्ष २०८०–०८१ मा क्षयरोगका संक्रमणबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो । उहाका अनुसार गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएको छ।

    नगरपालिका मध्ये वालिङ नगरपालिकामा ७९ जना, पुतलीबजारमा ४३, गल्याङमा ५०, चापाकोटमा ३३, भीरकोटमा २३ जना छन ।
    यसैगरी, फेदीखोला गाउँपालिकामा छ जना, कालीगण्डकीमा २३, हरिनासमा ५, विरुवामा १०, अर्जुनचौपारीमा ५ र आँधीखोलामा ४ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यहाँको प्रतिलाख जनसंख्या मध्ये १३४ जना क्षयरोगी भेटिएको कार्यालयले जनाएकोे छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.