स्याङ्जा २३ पुस । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघद्धारा आउदो फागुन ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्न लागेको सातौं स्याङ्जा महोत्सबलाई भब्यताका साथ सम्पन्न गर्न बिभिन्न समिति र उपसमितिबीच आज छलफल एवं रायसुझाव संकलन गरिएको छ ।
संघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष महादेव श्रेष्ठले ५ बर्षपछि आयोजना गर्न लागिएको महोत्सवलाई सफल बनाउन जिल्ला स्थित सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । सबैले अपनत्व गर्नेगरी महोत्सवको तयारी भैरहेको बिभिन्न ३९ वटा उपसमिति सहित एक हजार १११ सदस्यीय मुल समारोह समिति गठनगरि जिम्मेवारी बाडफाँड गरिएको जानकारी दिनुभयो बताउनुभयो ।
प्रदेश स्तरीय सातौं कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाले स्थानीय उत्पादनको प्रचारप्रसार सहित व्यापार वृद्धि तथा कृषि र पर्यटनलाई प्रवद्र्धन गर्दै आर्थिक समृद्धिका सहयोग पुग्ने उहाले भन्नुभयो । महोत्सवमा औद्योगिक, हस्तकला, कृषि लगायतका प्रदर्शनी हुनेछन् । खाना महोत्सवसँगै मनोरन्जनात्मक हास्यव्यंग्य कार्यक्रम, रमाइलो मेला, मनोरन्जनात्मक खेलहरु, धार्मिक, पर्यटकिय एवं ऐतिहासिक क्षेत्रको फोटो तथा वृत्तचित्र प्रदर्शनी, खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत हुने संघले जनाएको छ ।
महोत्सवमा दोहोरी गीत, झाँकी प्रदर्शनी प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता भजन चुट्का, बिद्यार्थीका प्रतिभा पहिचान, शैक्षिक कला प्रर्दशनी, कृषि, उद्यम तथा पर्यटन सम्बन्धी स्टल राखिने भएको छ ।
महोत्सव आयोजक मुल समारोह समिति, सचिवालय र उपसमितिका संयोजक तथा सहसंयोजक सम्मिलित बैठकमा स्वास्थ्य समिति, महिला परिचालन समिति, पर्यटन समिति, आर्थिक समिति, युवा परिचालन समिति, प्रचार प्रसार समिति, भूपू परिचालन समिति, खाना खाजा ब्यवस्थापन समिति, सामुदायिक तथा संस्थागत बिद्यालय परिचालन समिति, स्वागत तथा सम्मान समिति, धार्मिक संगसस्था परिचालन समिति, फोहोरमैला ब्यवस्थापन, बिद्युतीय उपकरण ब्यवस्थापन समिति, सवारी तथा पार्किङ ब्यवस्थापन समितिका जिम्मेवारीका बारेमा सुझाव एवं जिम्मेवारीका बारेमा जानकारी गराउनु भएको थियो ।
छलफल कार्यक्रमको सहजीकरण महासचिव रविन केसीले गर्नुभएको थियो ।
