Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा गण्डकी यातायातको साधारणसभा तथा शुभकामना आदानप्रदान
    पुतलीबजार नगरपालिका

    स्याङ्जा गण्डकी यातायातको साधारणसभा तथा शुभकामना आदानप्रदान

    Syangja SandeshBy Syangja SandeshOctober 3, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ असोज । संघिय सांसद राजु थापाले यातायात ब्यवसायमा समस्या देखिएको बताउनुभएको छ ।

    स्याङजा गण्डकी यातायात प्रालिको छैटौ साधारणसभा तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमको बिहीवार स्याङ्जामा उदघाटन गर्दै यातायात ब्यवसायीलाई सामाजिक सेवाभाव लिई आ आफना ब्यवसाय संचालन गर्न सांसद थापाले सुझाव दिनुभयो ।

    बर्षाका कारण धेरै धनजनको क्षति पुगेकोमा दुख प्रकट गर्दे उहाले समय र सडकको ख्याल गर्दै यातायात संचालन गर्न सुझाव दिनुभयो । सडकको अवस्था बुझेर मात्र सवारी सञ्चालन गर्न व्यवसायीलाई उहाको आग्रह छ । उहाले भन्नुभयोे, ‘लगातारका वर्षाका कारणले आएको बाढी पहिरोले राष्ट्रिय राजमार्ग सहितका अधिकांश सडक क्षतिग्रस्त भएकाले अवस्था बुझेर मात्र सवारी चलाउनुहोला ।’

    सडकमा पहिरो जाने जोखिम अझै पनि कायम नै रहेकाले सचेत रहन उहाले भन्नुभयो । बाढी पहिरोका कारण सञ्चालनमा रहेका कयौं सवारी साधनमा क्षति पुगेको उहाँको भनाई छ । अर्कोतर्फ यातायात क्षेत्रमा देखिएका नकारात्मक कुराहरुको अन्त्य गर्दै अघि बढ्नु पर्नेमा उहाले जोड दिनुभयो । आर्थिक संकट र विपत्तीका कारण व्यवसाय बन्दै गर्नुपर्ने हो कि भन्ने ब्यवसायीमा चिन्ता बढेको जनाउदै यसतर्फ सरकारले यातायात व्यवसायीलाई सहयोग गर्नु पर्ने सांसद थापाको भनाई छ ।

    ब्यवसायीलाई सहुलियत ऋण लगायतका बिषयमा समेत राज्यको ध्यान जान जरुरी रहेको उहाले बताउनुभयो । रोजगारका लागि विदेशजाने युवाहरुको संख्या बढ्दै जादाँ दक्ष चालक तथा सहचालक बिदेश जाने क्रम बढेकाले पनि दक्ष चालकको अभावमा पनि यातायात दुर्घटना बढी हुने गरेको उहाले भन्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान सांसद भागवतप्रकाश मल्ल, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, चापाकोट नगरप्रमुख देवबहादुर खाँण इश्वर, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा माओवादी केन्द्रमा संघ ताम्राकार, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिकराम शर्मा लगायतले यातायात ब्यवसायमा देखिएका चुनौती, समस्या र समाधानका बारेमा जानकारी गराउदै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    यसैगरी, कानूनी सल्लाहकार एवं अधिवक्ता तुलसी गिरी, रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्याल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, कालीगण्डकी यातायात प्रा.लि.का अध्यक्ष भेमलाल अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    गण्डकी यातायात ब्यवसायी प्रालिका अध्यक्ष भानुभक्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक सदस्य प्रल्लादजंग मरासीनीले स्वागत एवं प्रवन्ध निर्देशक महेश थापा गणेशले गरेका थिए ।

    यसैगरी, सोही अवसरमा प्रालिका पूर्वअध्यक्ष पुष्पराज पोख्रेल, चालक गिरमान गुरुङ र जीतबहादुर गुरुङलाई सम्मान गरिएको छ ।
    यस्तै, यातायात ब्यवसायिका छोराछोरी मध्ये एमवीएसमा उत्कृष्ठ आठौं स्थानमा आउन सफल भुवन बराल र एसइइमा सर्वोत्कृष्ठ जिपिए ल्याउने ऐश्वर्या केसीलाई सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.