Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको विकासका लागि सहकार्य गर्न तयार छु — अध्यक्ष ढकाल
    समाचार

    स्याङ्जाको विकासका लागि सहकार्य गर्न तयार छु — अध्यक्ष ढकाल

    Syangja SandeshBy Syangja SandeshOctober 17, 2024Updated:October 17, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी, अदुवा र पर्यटन प्रवर्धनका लागी केवलकार जस्ता परियोजनाहरुमा सहकार्य गर्ने बताउनुभएको छ ।

    स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आँफू सानो हुँदा स्याङ्जा आएको समयको स्मरण गर्दै भन्नुभयो, “स्याङ्जामा मैलो पहिलो पटक बस देख्दा अचम्म भएको थिएँ ।

    ठुला बस देख्दा बुवाआमा र साना ट्याक्सी देख्दा बच्चा जस्तो लाग्यो म त्यो ब्याग्राउण्डबाट आएको मान्छे हुँ । साना व्यवसायीको पनि समस्या बुझेको छु ।” अध्यक्ष ढकालले यतिबेला बैकमा निक्षेप पर्याप्त रहेको र व्याजदर निकै घटेको भन्दै यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रबाह गर्नेमा जोड दिनुभयो ।

    उहाँले यो डेढ बर्षको अबधिमा लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आफुहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउदै आफुहरुकै पहलममा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराउनुभयो । नीजि क्षेत्रले उठाउदै आएको मर्यादाक्रमको बिषय, कर सम्बन्धी समस्या लगायतका बिषयमा आफुहरु निरन्तर लागिरहेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिपक लम्साल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्माले समग्र स्याङ्जा जिल्लाको अवस्था र ब्यवसायीका अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदीले स्वागत एवं महासचिव रविन केसीले संचालन गर्नुभएको थियो ।

    यसैगरी, वालिङ् नगर उद्योग वाणिज्य संघले पनि स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले वालिङका संभावावित क्षेत्र कालीगण्डकी करिडोर, केबलकारजस्ता परियोजनाहरुमा सहयोग र सहकार्य गर्न आग्रह गर्दै यहाँका वस्तुस्थितिका बारेमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा चापाकोट, वालिङ, भीरकोटका व्यापारी व्यवासायीहरुको सहभागिता रहेको थियो ।व्यवसायीहरुले व्यवसायिक समस्याहरुका बारेमा जानकारी गराउँदै दोहोरो कर लगायतका समस्याले मारमा परेको भन्दै केन्द्रिय अध्यक्षलाई गुनासो गरेका थिए । कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

    यसैगरी, वालिङ् र गल्याङ् नगरपालिकाको संगमस्थलमा रहेको गह्रोैसुर मन्दिर हाताभित्र रहेका अन्य कालीदेवी मन्दिर, चण्डीस्थान, त्रिशुल, धर्मशाला लगायत बिभिन्न नवनिर्मित पूर्वाधारको समेत उदघाटन गरिएको छ ।

    संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रजिअ सुनिता नेपाल, ब्यवसायी एवं स्थानीयबासी डोलप्रसाद पंगेनी, लुम्बिनी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद शर्मा, ब्यवसायी नारायणप्रसाद शर्मा लगायतले उदघाटन गर्नुभएको हो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, सिटि एक्सप्रेस मनि ट्रान्सफरका कार्यकारी निर्देशक चन्द्र टण्डन, गह्रौँसुर धार्मिक तथा पर्यटकीय स्थलका प्रमुख संरक्षक दिलिपप्रताप खांण, व्यवसायीहरु डोलराज शर्मा, नारायणप्रसाद शर्मा, पंण्डित नेत्रप्रसाद पराजुली लगायतले गहा्रैसुर मन्दिर लगायत आवश्यक भौतिक निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी डोलराज शर्माले स्वागत वरिष्ट उपाध्यक्ष दुर्गाप्रसाद शर्माले स्वागत एवं पं. नेत्रप्रसाद पराजुलीले संचालन गर्नुभएको थियो ।

    अध्यक्ष ढकाललाई स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, वालिङ् नगर उद्योग वाणिज्य संघ र गह्रौसुर कालिका मन्दिर ब्यवस्थापन समितिले छुट्टाछुट्टै रुपमा सम्मान गरेका छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.