Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    • ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा
    • पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक
    • वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र
    • हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम
    • फरार कसुरदार ३८ वर्षपछि पक्राउ
    • स्याङ्जामा मनाइयो महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रशासन कार्यालयले गरयो आँधीखोलामा सचेतनामूलक अन्तरक्रिया
    आँधीखोला गाउँपालिका

    स्याङ्जा प्रशासन कार्यालयले गरयो आँधीखोलामा सचेतनामूलक अन्तरक्रिया

    Syangja SandeshBy Syangja SandeshSeptember 24, 2024Updated:September 24, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ असोज । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना तथा आँधीखोला गाउँपालिकाको ब्यवस्थापनमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी मंगलबार आँधीखोला गाउँपालिकामा सचेतनामूलक कार्यक्रम गरिएको हो ।

    कार्यक्रमको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले स्याङ्जा प्रशासन कार्यालय मार्फत उपलब्ध हुने सेवा प्रवाहका बारेमा पालिकामा बसेर जानकारी पाउनु सुखद पक्ष रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी समक्ष आफना समस्या तथा कठिनाइएका बारेमा प्रत्यक्ष जानकारी गराउन पाएको अवसरको सदुपयोग गर्न सुझाव दिनुभयो ।

    पालिकाबासीको सकारात्मक सहयोगले आँधीखोलालाई समुन्नत बनाउने उहाले बताउनुभयो । उहाले भन्नुभयो, ‘जसले पालिकामा बसेर सुखदुखमा साथ दिएका छन् उहाहरुका सल्लाह सुझाब ग्रहण गर्दै अघि बढ्ने र पालिकाको विकास र समृद्धीमा जुट्ने हो ।’ गाउँपालिकाको विकासका लागि सबै राजनीतिक दलहरुबीच एक मत रहेको उहाले सुनाउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहका बारेमा जानकारी गराउनुभयो । नागरिकता, हिंसा, राष्ट्रिय परिचयपत्र, संस्था दर्ता, नविकरणसंगै अन्य बिबिध सेवा सम्बन्धी स्थानीयबासीसंग साक्षात्कार गर्नुभयो ।

    प्रजिअ नेपालका अनुसार, ‘कुनै पनि बालबालिकाले जन्म दर्ता र महिला (आमा) नागरिकता बिहिन हुन हुदैन । यसतर्फ स्वास्थ्य शाखा र स्थानीय पालिकाले ध्यान दिनुपर्छ । गर्भवती परिक्षण गराउन जाँदा नागरिकता र नावालकलाई पहिलो खोप दिने बेलामा जन्मदर्ता खोजेमा नागरिकता र जन्मदर्ता बिहीनताको समस्या विस्तारै समाधान हुदै जानेछ ।’

    सामाजिक ब्यवहार सुधार सम्बन्धी कानून निर्माण गर्न समेत स्थानीय पालिकालाई प्रजिअ नेपालको सुझाव छ ।

    प्रहरी उपरीक्षक शालिकराम शर्माले लागु औषध, मानव वेचबिखन, हिंसा, दुब्र्यवहार, आत्महत्या, साइवर क्राइम, मदिरा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लामा भए गरेका बिबिध घटना लगायत प्रहरीले गर्दै आएका बिभिन्न सामाजिक कामका बारेमा जानकारी गराउनुभयो । नैतिक तथा संस्कार शिक्षाको आवश्यकता औल्याउदै प्रउ शर्माले स्थानीय पाठ्यक्रममा नैतिक तथा सदाचारयुक्त शिक्षा निर्माणमा सुझाव दिनुभयो ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले स्याङ्जा प्रशासन कार्यालयबाट हुने सम्पूर्ण सेवा तथा सुबिधाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रशासन कार्यालयको क्षेत्र सिमित नरहेको जनाउदै प्रशासनिक सेवा संगै विपद सम्बन्धी राहत तथा भौतिक पूर्वाधार, न्याय लगायतका बारेमा जानकारी गराउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष कमलप्रसाद पौडेलले स्वागत र प्रशासन कार्यालयका नायब सुब्बा रामप्रसाद पौडेलले गर्नुभएको थियो ।

    सोही कार्यक्रममा वडा सदस्य डिलबहादुर क्षेत्री, स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी, टोल संयोजक मुक्ति देवकोटा र कुलप्रसाद पोख्रेल लगायतले आ आफना तथा सामुहिक समस्या सुनाउनुभएको थियो । सो का बारेमा प्रजिअ नेपालले समाधान सहित राय, सुझावका बारेमा जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा आमा समूह, शिक्षक, बिद्यार्थी, जनप्रतिनिधी, क्लव लगायत गाउँपालिकाबासीको उल्लेख्य सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025

    हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम

    November 29, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.