Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चारबुदें सहमति, क्रसर उद्योग संचालनमा स्थानीय सहमत
    पुतलीबजार नगरपालिका

    चारबुदें सहमति, क्रसर उद्योग संचालनमा स्थानीय सहमत

    Syangja SandeshBy Syangja SandeshSeptember 23, 2024Updated:September 23, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ असोज । पुतलीबजार नगरपालिका अन्र्तगतको प्रगतीनगर — बहाकोट— नाम्चे— काल्खु कच्ची पक्की मोटरबाटो निर्माण कार्य कार्यान्वयनमा भएका अवरोध हटाई परियोजना संचालन गर्नका लागि सरोकारवाला पक्ष सहमत भएका छन् ।

    शनिवार बिहान पुतलीबजार नगरपालिकाको सभाहलमा भएको कार्यदल सहित सरोकारवालीबीच भएको बैठकमा ४ वुदे सहमति भएपछि आजसम्म भएका अवरोध हटाई परियोजना संचालन हुन दिने सहमती जुटेको हो ।

    जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख श्रीप्रसाद घर्ति, उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी पौडेल, प्रहरी उपरीक्षक शालिकराम शर्मा, उपभोक्ता समिति, लगायत वडा नं. १४ का सरोकारवाला ब्यक्ति र गठित कार्यदलका सदस्यहरुको सहभागीतामा सो सहमति गरिएको हो ।

    सहमति अनुरुप छिपहटिया पुलदेखि ठूलोखेतमा अस्थायी क्रसर उद्योग स्थापना गर्ने, उद्योग संचालनका लागि उपयोग गरिएका जग्गादाताका जग्गा संरक्षण र तटबन्धन निर्माण गरिदिने, ढुंगा, गिटी, बालुवा बिक्री तथा उपयोगबाट उठेको रोयल्टीको केही प्रतिशत सोही क्षेत्रमा बिनियोजन गर्ने र ठूलाखेत र सेराखेतको संरक्षणका योजना अघि बढाउनेगरी सरोकारवाला र नगरपालिकाबीच सहमति भएको हो । सहमतिपछि नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारको सिमित स्रोत र साधनको सदुपयोग गर्दै संघ, प्रदेश लगायत सम्बन्धित कार्यालयसंग सहकार्य र समन्वय गर्दे सो नदी नियन्त्रण तथा संरक्षण गर्ने बताउनुभयो ।


    विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राबिधिक सहयोगमा हालको कच्ची सडक पक्की एवं फराकिलो निर्माण कार्य जारी रहेको पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । यसबाट पुतलीबजार नगरपालिकाका वडा नं ३, ८, ९ का स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने सयौं ब्यक्तिले सो बाटोको उपयोग गर्न पाउने भएका छन् ।

    प्रगतीनगर शिक्षा चोकदेखि काँफलडाँडा — भन्ज्याङ— बहाकोट— नाम्चे— काल्खुसम्म ७ दशमलब ६ किलोमीटर लम्बाईमा पक्की सडक सहित नाली र टेवा पर्खाल र दुई लेनको सडकको चौडा ७ मिटरको हुने बताइएको छ । विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको १५ महिनाभित्र सक्नुपर्ने छ ।

    नेपाल शहरी शासकिय तथा पूर्वाधार कार्यक्रम अन्र्तगत विश्व बैंकको ऋण तथा अनुदान सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राबिधिक सहयोगमा पक्की सडक बनाईने भएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.