Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षा ऐन मार्फत शिक्षक, अभिभावकलाई कडाई गर्दे अर्जुनचौपारी
    अर्जुनचौपारी गाउँपालिका

    शिक्षा ऐन मार्फत शिक्षक, अभिभावकलाई कडाई गर्दे अर्जुनचौपारी

    Syangja SandeshBy Syangja SandeshDecember 27, 2024Updated:December 27, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ पुस । अर्जुनचौपारी गाउँपालिका सभाले शिक्षा ऐन २०७४ खारेज गर्दे शिक्षा ऐन २०८१ लागु गरेको छ । यसअघिका केही खुकुला प्रावधानलाई कडाईका साथ लागु गर्नेगरि ऐन ल्याईएको पालिकाले जनाएको छ ।

    बिद्यालय तहसम्मको शिक्षा पूर्ण निःशुल्क हुने र विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क लिन नपाइनेगरि शिक्षा ऐनमा व्यवस्था गरिएको छ। प्रधानाध्यापकले एक हप्तामा न्यूनतम १६ कक्षा पढाउनुपर्ने व्यवस्था छ।

    गाउँपालिकाको १६ औं सभाले शिक्षा ऐन २०८१ अनुसार, ‘स्थानीय तहको क्षेत्रभित्र स्थापना हुने तथा स्थापना भई सञ्चालन रहेका विद्यालय तथा शैक्षिक निकायहरुको व्यवस्थापन गर्न बाञ्छनीय भएको जनाउदैे संविधानको धारा २२१, अनुसूची ८ को सूची नं. ८ र “स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम गाउँ सभाले शिक्षा ऐन बनाएको हो।’

    पालिकाले सञ्चालन गर्ने स्तरीकृत परीक्षामा ५० प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण भएमा विद्यालयको नेतृत्व परिवर्तन गर्न सक्नेसम्मका व्यवस्था ऐनमा राखिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।

    शिक्षकले आफू कार्यरत विद्यालयमा बाहेक अन्यत्र अध्यापन गराउन नपाउने व्यवस्था गरीएको छ। शिक्षकको भूमिकालाई थप प्रभावकारी बनाउने र शिक्षकलाई थप जिम्मेवारीबोध गराउने गरी ऐन बनाइएको गाउँपालिकाका अध्यक्ष तिवारीले बताउनुभयो । उहाले भन्नुभयोे, ‘शिक्षाको गुणस्तर बृद्धि गर्ने उदेश्यले ऐन ल्याइएकोे हो।’

    शिक्षाको गुणस्तर बृद्धि विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अभिभावक मध्येबाट मात्र अध्यक्ष हुनेगरि शिक्षा ऐन लागु गरिएको छ । अभिभावकबाट अध्यक्ष बन्न सक्ने अवस्था नभएमा मात्र अन्यबाट बनाउन सकिनेछ ।

    कुनै पनि शिक्षक वा उसको एकाघर परिवारको सदस्य गाउँपालिकाभित्र सञ्चालित निजी बिद्यालयमा लगानी भएमा पनि प्रधानाध्यापक बन्न अयोग्य नहुने व्यवस्था ऐनले गरेको छ । प्रधानाध्यापकको पाँच वर्षको पदावधि समाप्त भएर पुनः नियुक्तिका प्रक्रिया अगाडि नबढाएको अवस्थामा ऐन लागू भएकै मितिबाट प्रधानाध्यापकबाट पदमुक्त हुने व्यवस्था छ ।

    विद्यार्थीलाई आर्थिक भार पर्नेगरी विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्ने भएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा गाउँ शिक्षा समितिले अनुमति दिएर मात्र कक्षा सञ्चालन गर्न पाउने भएका छन ्।

    शिक्षा क्षेत्रमा गरिने अनुगमनलाई थप प्रभावकारी बनाउनका लागि विद्यालयले त्रैमासिक रुपमा अनुगमन प्रतिवेदन गाउँपालिकाको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    गाउँसभाले पारित गरेको हालको शिक्षा ऐनमा ७५ दफा, १० परिच्छेद र २ अनुसूची राखिएका छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.