स्याङजा २ असोज । संबिधान दिवसको अवसर पारेर पुतलीबजारमा फलफूल वितरण र रक्तदान कार्यक्रम गरिएको छ । असोज २ गते बुधवार विहान फलफूल सहित रक्तदान गरिएको हो ।
स्याङ्जा कारागारमा रहेका कैदीबन्दीलाई फलफूल बितरण गरिएको छ । कारागार शाखा सहित जिल्ला प्रहरी कार्यालयको प्रांगणमागरी २० जनाले रक्तदान गर्नुभएको छ ।
कारागारमा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले फलफूल प्रदान गर्नुभएको थियो ।
यसैगरी, रक्तदान कार्यक्रम नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रजिअ सुनिता नेपालले सामुहिक रुपमा रक्तदानको ब्याग हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमका लागि पुतलीबजार नगरपालिकाको सहयोग रहेको छ भने रक्तदानका लागि जिल्ला रेडक्रस सोसाइटीको प्राबिधिक सहयोग छ ।