स्याङ्जा २२ मंसिर । पुतलीबजार नगरपालिका ३ मा स्थापित सूर्योदय क्लबको समन्वय तथा रुम टु रिडको प्रबिधिक सहयोगमा संचालित साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।
आँधीखोला गाउँपालिका ६ स्थित शारदा मन्दिर माध्यमिक बिद्यालयका कक्षा १, २ र ३ मा अध्ययरत बालबालिकाको नेपाली भाषा बिषयमा पढाई, लेखाई तथा बोलाईका बारेमा अनुगमन तथा निरीक्षण गरिएको हो ।
अनुगमन, निरीक्षण तथा अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले साक्षरता अभियान अन्तर्गतको परियोजनाले बालबालिकामा सकारात्मक प्रभाव देखिएको बताउनुभयो । यहाँ अध्ययरत बालबालिकाको नेपाली भाषाको ज्ञान र सिकाई प्रभावकारि देखिएको जनाउदै यस्ता पठनसीपलाई अन्य बिद्यालयले पनि कार्यान्वयन गर्नु पर्ने जोड दिनुभयो ।
परियोजना रहुन्जेल मात्र नभई प्रभावकारी पठनसीपलाई सधैंभरी कार्यान्वयन गरिरहनु पर्ने जनाउदै अध्ययनकालागि आवश्यक सहयोग गर्ने सभापति पौडेलले प्रतिबद्धता जनाउनुभयो ।
जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले बालबालिकालाई पढाईतर्फ रुची बढाउन र नेपाली भाषिक शुद्धतामा साक्षरता अभियानको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले गाउँपालिकामा रहेका १२ वटै बिद्यालयमा साक्षरता अभियानलाई संचालनकालागि आवश्यक भएको जनाउदै सूर्योदय क्लब र रुम टु रिडलाई प्राबिधिक सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्य, आँधीखोला ६ का अध्यक्ष नविन ढकाल, सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठ, आँधीखोला शिक्षा शाखा प्रमुख लक्ष्मी सापकोटा, प्रधानाध्यापक दोलराज ढकाल लगायतले कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकामा नेपाली भाषा बिषयमा नतिजा अत्यन्त राम्रो रहेको र उहाहरुका बोल्नेकलामा बिकास बढेको बताउनुभयो ।
सोही कार्यक्रममा रुम टु रिडका कार्यक्रम अधिकृत टेकबहादुर ढेंगाले सहजीकरण गर्नुभएको थियो ।
‘यहाँ अध्ययरत बालबालिकामा नेपाली पठनशीपमा ठूलो परिवर्तन देखिएको छ । सिकाई प्रभावकारि बनेको छ । बालबालिकाले नेपाली अक्षर राम्ररी पढ्न सक्ने भएका छन भने छापामय कक्षाकोठाको अवधारणा र बसाई ब्यवस्थापनले बालबालिका अनुशासित हुनुका साथै नेपाली भाषाप्रतिको अध्ययन कार्य बढेको’ प्रअ ढकालले जानकारी गराउनुभयो ।
अनुगमन गर्दा बालबालिकाले बिद्यालयमा रहेको पुस्तकालयमा नियमितरुपमा अध्ययन गर्नैे, भित्तेपत्रिका प्रकाशन, पुस्तकालयमा राखिएका पुस्तकको पढाई बमोजिम उनीहरुको स्तर मापन ब्यवस्थापन गरिएको र नेपाली भाषामा लेखिएका पुस्तकहरु सहजरुपमा पढ्न सक्ने देखिएका थिए ।
बिद्यालयको आर्थिक एवं प्राबिधिक बालबालिकालागि फर्निचर लगायत बसाईकालागि गाउँपालिकाको सहयोग छ । रुम टु रिडले तालिम, अनुगमन, तथा पुस्तकहरुका सहयोग छ । यसैगरी, पुस्तकालयको अवधारणा सहित पुस्तकालय सम्बन्धि तालिम, नेपाली भाषा शिक्षकलाई तालिम, मनिटरिङ लगायतमा पनि रिडको सहयोग छ ।
साक्षरता अभियान अहिले स्याङ्जाका ५ पालिकाका केही बिद्यालयमा संचालन भैरहेका छन् ।

