Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    भीरकोट नगरपालिका

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    Syangja SandeshBy Syangja SandeshDecember 2, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ मंसिर । माघकोे दोश्रो साता राष्ट्रपति रामचन्द्र पौडेल स्याङ्जा आउनु हुने भएको छ । भीरकोट स्थित भाग्योदयको स्वर्णमहोत्सवको राष्ट्रपति पौडेलले उदघाटन गर्नेगरि निमन्त्रणाकालागि अनुरोध गरिएको बिद्यालयका अध्यक्ष छाँयाराम खनालले जानकारी दिनुभयो ।

    भीरकोट नगरपालिका ६ उजेलीडाँडास्थित भाग्योदय माध्यमिक विद्यालयले ५० बर्ष पुरागरेकाले यसबर्ष स्वर्णमहोत्सव गर्ने भएको छ । आउदो माघ १२ गतेदेखि १४ सम्म बिबिध कार्यक्रमसहित स्वर्ण महोत्सव गर्नेगरी बिभिन्न समिति र उपसमिति गठन भएका छन् ।

    समीको चौपारी नजिक रहेको चौरमा खरको छानाबाट सुरु भएको बिद्यालयले बिभिन्न आरोह अबरोह पार गर्दै स्वर्ण जयन्ती मनाउन लागेको स्मरण गर्दै यो समयाबधीमा अतिरिक्त क्रियाकलापसहित बिभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमगरि मनाइने भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छाँयाराम खनालले जानकारी दिनुभयो ।

    विद्यालयले शुक्रबार विद्यालय परिसरमै पत्रकार सम्मेलन गर्दै महोत्सवका कार्यक्रमबारे जानकारी गराएको छ । स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका छाँयाराम खनालले महोत्सवको उद्देश्य, खर्च, संरचना र विविध कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।

    तीन दिनसम्म चल्ने महोत्सवमा विद्यालय निर्माण, आर्थिक सहयोग संकलन, भौतिक निर्माण शैक्षिक उन्नयनमा योगदान पु¥याएका व्यक्तिहरू तथा शिक्षक र विद्यार्थीको अभिलेखिकरणका साथै विद्यालयसँग सम्बद्ध सबैको लेख र रचना समेटिएको स्मारिका प्रकाशन गर्ने भएको छ । विद्यार्थीका प्रतिभाहरु प्रदर्शन, आगामी शैक्षिक योजनाहरु र स्वर्ण स्मारक स्तम्भ निर्माण जस्ता गतिविधिहरू समावेश गरिएको छ ।

    महोत्सव सञ्चालनका लागि विभिन्न समिति र उपसमितिहरू गठन भएका छन । आयोजक समितिका अनुसार करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त रकम संघसंस्था, सहयोगीदाताको योगदान तथा प्रदेश र स्थानीय सरकारको सहायताबाट जुटाइने भएको छ ।

    तत्कालीन समाजका समाजसेवी, शिक्षाप्रेमी लगायतको प्रयासमा २०३३ मा स्थापना हुँदा कक्षा ४ देखि ७ देखि सुरु गरिएको थियो भने, पछि कक्षा १ देखि ३ सम्मका कक्षा थपिएको हो । विद्यालयमा हाल ४ सय ६४ विद्यार्थी अध्ययनरत र ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन ्। पूर्व–प्राथमिक तहदेखि कक्षा १२ सम्मको नियमित पठन–पाठनसँगै विद्यालयले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै १८ महिने कृषि प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ। विद्यालय स्थापना भएपछि यहाँका मध्यम वर्गीय, विपन्न दलित, जनजाति, बाञ्चितमा परेका बालबालिकाहरु लाभान्वित भएका छन् ।

    विद्यालयको शैक्षिक अवस्था उत्कृष्ट रहेको बताउँदै विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले सबैको अमूल्य योगदानका कारण भाग्योदय सुविधा सम्पन्न नमूना विद्यालयमा बन्न सफल भएको बताउनुभयो । विद्यालयमा आवासीय सुविधा छ । कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुको लागि खाजा सरकारी र अभिभावकको सहयोगमा ६ दिन ६ परिकार स्वस्थ र ताजा खाजा उपलब्ध गराउँदै आएको प्रअ खनालले जनाउनुभयो ।

    स्वर्ण महोत्सवका लागि ५०१ सदस्यीय मूल समिति गठन गरिएको छ भने कार्यक्रम व्यवस्थापनका लागि विषयगत ६ वटा समितिहरू बनेका छन् । आर्थिक व्यवस्थापनमा छाँयाराम खनाल, सांस्कृतिक व्यवस्थापनमा नारायणप्रसाद अर्याल, अतिथि तथा सम्पर्कमा मुक्ति चापागाईं, मञ्च व्यवस्थापनमा खडानन्द खनाल, खानपान तथा सत्कारमा तुलसीप्रसाद अर्याल, स्वयंसेवक, खेलकुद तथा अतिरिक्त कार्यक्रम व्यवस्थापनमा भोजबहादुर थापालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

    स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा विद्यालयले आफ्नो शैक्षिक प्रगतिका विभिन्न आयामहरू सार्वजनिक गरेको छ । भीरकोट नगरपालिकाको नमुना विद्यालय विकास कार्यक्रम कार्यान्वयन गरिरहेको भाग्योदय माध्यमिक विद्यालयलाई शैक्षिक सुधार, भौतिक संरचना र विद्यार्थीमैत्री विद्यालयका रूपमा परिचित छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.