स्याङ्जा २७ पुस । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) स्याङ्जाको १५ औं अधिवेशनले राजेन्द्र गोदारको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको छ ।
शनिवार राती सम्पन्न बन्दसत्रले वरिष्ठ उपाध्यक्षमा यामप्रसाद डुम्रे (अमृत), उपाध्यक्ष तेजेन राना, सचिव हरिप्रसाद अर्याल, कोषाध्यक्ष मेकराज के.सी., सह–सचिव सोमुमाया राना, सह–कोषाध्यक्ष टेकराज सुवेदी चयन हुनु भएको हो ।
यसैगरी, सदस्यहरुमा मनोज खड्का, स्मृति काफ्ले , पालिका संयोजकमा ध्रुवबन्धु पौडेल , साजन परियार , द्रबेदेव खनाल , हरि प्रसाद अधिकरी , दुर्गा प्रसाद भट्टराई , गिरिराज वाग्ले( बिमल ), रामकृष्ण सुबेदी निर्वाचित हुनु भएको छ ।