स्याङ्जा १५ माघ । पुतलीबजार नगरपालिकाले नगरभित्रका एक सय २० जना किसानलाई हाते टयाक्टर बितरण गरेको छ । पचास प्रतिशत अनुदानमा एक सय २० वटा टयाक्टर उपलब्ध गराइएको हो ।
नगरपालिकाको चालु आर्थिक बर्ष २०८१÷०८२ को योजना अनुरुप वडाबासीका माग बमोजिम पहिलो पटक एक सय २० वटा मिनि ट्रीलर उपलब्ध गराइएको हो ।
हात टयाक्टर प्रदान गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले टयाक्टरको उपयोग गर्दै आयआर्जन बढाउन सुझाव दिनुभयो । पछिल्ला पुस्ता आधुनिक यान्त्रिकरणमा आर्कषित भएको जनाउदै टयाक्टरको माग पनि बढ्दो रहेको उहाँले भन्नुभयो । दिनप्रतिदिने टयाक्टरको प्रयोग बढेकोले आउदा दिनमा पनि बितरण कार्यलाई आवश्यकता अनुरुप बढाइने नगरप्रमुख रेग्मीको भनाई छ ।
कार्यक्रममा उपप्रमुख देवी अर्यालले नगरपालिकाले किसान लक्षित काम गर्दे आएको बताउदै ट्याक्टरको सदुपयोग गर्न सुझाव दिनुभयो ।
आर्थिक विकास समितिका संयोजक एवं नगर प्रवक्ता मनोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कृषि प्राबिधिक नविन केसीले गर्नुभएको थियो ।