स्याङ्जा ५ कात्तिक । स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) को आयोजनामा वालिङ्मा संचालित स्थानीय पालिका स्तरीय प्रथम पुरुष भलिवल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ ।
कात्तिक २ गतेदेखि सुरु प्रतियोगिता अन्र्तगत सोमबार भएको फाईनल खेलमा पुतलीबजार नगरपालिकालाई पराजित गर्दै विरुवाले उपाधि जितेको होे ।
उपाधिसंगै बिरुवाले १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल पाएको छ । यसैगरी, उपविजेता पुतलीबजार नगरपालिकाले १ लाख सहित ट्रफी र मेडल सहित तृतिय भएको भीरकोट नगरपालिकाले नगद ५० हजार, ट्रफी, मेडल, पाएको हो । सान्त्वना भएको कालीगण्डकी गाउँपालिकाले २५ हजार सहित ट्रफी र मेडल पाएको छ ।
यसैगरी, उत्कृष्ट खेलाडीलाई १० हजार, र अन्य ६ बिधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५÷५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । बिजयी समूहलाई गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले पुरस्कार सहित अन्य प्रमाणपत्र प्रदान गर्नुभयो ।
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारा सहित स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले ४ दिने पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेकोे समाजका अध्यक्ष विरेन्द्रजंग केसीले जानकारी दिनुभयो ।
लीग चरण अनुरुप खेलाईएको प्रतियोगितामा स्याङ्जाका ११ वटै स्थानीय पालिकाको सहभागिता थियो।