स्याङ्जा २३ माघ । प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल निर्वाचित हुनु भएको छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा जीवनप्रसाद अर्याल, महिला उपाध्यक्षमा अनिता गौतम, सचिवमा नारायण प्रसाद कोइराला, सहसचिवमा रोशन लामिछाने र मुना न्यौपाने र कोषाध्यक्षमा गोपाल अधिकारी रहेका छन् ।
सदस्यमा रामबहादुर रोकाहा, माधवप्रसाद रेग्मी, विश्वेश्वरप्रसाद पोख्रेल, योमकान्त गैह्रे, निशान भट्टराई र यमकला अधिकारी (करुणा) रहेका छन् ।
केन्द्रीय प्रतिनिधिमा मोहन गुरुङ र कला राना र प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी (सुशील) र राधिका पौडेल चयन भएका छन् ।