स्याङ्जा १५ पुस । फेदीखोला गाउँपालिकाद्वारा आयोजित सातौं राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिद्धार्थ माध्यमिक विद्यालयले हात पारेको छ ।
सिद्धार्थले १४ स्वर्ण, ७ रजत र ४ काश्य सहित ६० अंक प्राप्त गरी प्रथम स्थान स्थान हात पारेको हो । प्रतियोगितामा दामगाडे माध्यमिक विद्यालयले ७ स्वर्ण, ७ रजत र ५ काश्य गरी ४० अंक सहित द्वितीय स्थान र कालाभैरव माध्यमिक विद्यालयले ३ स्वर्ण, ३ रजत र २ काश्य सहित तृतीय स्थान हासिल गरेका थिए ।
त्यस्तै, पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी तर्फ समीर सुनार, अभिषेक गुरुङ्ग र युनिस गुरुङ्गलाई पुरस्कृत हुनु भएको छ ।
प्रतियोगिताको मार्च पासमा चण्डीडाँडा माध्यमिक विद्यालयले उत्कृष्ट स्थान हासिल गरेको थियो । कार्यक्रममा फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ्, लगायतले प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कार वितरण गर्नुभएको थियो ।