स्याङ्जा १ मंसिर । पहिलो पाइला नेपाल स्याङुजाको अध्यक्षमा पवन मरासिनी निर्वाचित हुनु भएको छ । पहिलो पाइला नेपालको अधिवेशनले मरासिनीको अध्यक्षतामा २ सदस्यपछि थप गर्नेगरी ११ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा सुवास कोइराला, सचिवमा देवदत्त सुवेदी, सहसचिवमा स्वीकृती पोखरेल र कोषाध्यक्षमा विशाल ढुंगाना निर्वाचित हुनु भएको हो । यसैगरी, सदस्यहरुमा अशिम भण्डारी, यादव पौडेल, शुशिला रेग्मी, सदिक्षा ढकाल निर्वाचित हुनु भएको हो ।
अधिबेशनको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले युवाहरु सबै विदेश पलायन भएको अवस्थामा युवाहरुले पहिलो पाइला नेपाल सामाजिक सस्थामा रहेर सामाजिक कार्यहरु गर्दै समाजमा पुर्याएको योगदान अतुलनिय रहेको बताउनुभयो । उहाले सदस्यता बढाउदै संजाल बढाउदै गाउ गाउ सम्म पुग्ने कुरामा अझै दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले समाज रुपान्तरण गर्ने जिम्मा युवाहरुको हातमा, काधमा आएको भन्दै पहिलो पाइला नेपाल, स्याङ्जाले त्यसको नेतृत्व गरिरहेको र गरिरहने छ भन्दै नया कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु स्मृति काफ्ले , केन्द्रिय सदस्य रन्जित दनै र मिहिर कर्ण, पहिलो पाइला नेपाल पोखरा सचिव विमान अर्याल, सस्थाका सल्लाहकार चन्द्रमणी पौडेल रेडियो स्याङ्जाका कार्यक्रम प्रमुख विक्रम संवत लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेपालका अध्यक्ष सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उपाध्यक्ष पवन मरासीनीले स्वागत सहसचिव गोपी सुवेदीले संचालन गर्नुभएको थियो ।