स्याङ्जा १० असोज । नेपाल निर्माण ब्यवसायी महासंघको आयोजना तथा निर्माण व्यावसायि संघ स्याङ्जाको ब्यवस्थापनमा दुई दिने तालिम सम्पन्न भएको छ ।निर्माण ब्यवसायीलाई लक्षित गर्दै बुधवार र विहीवार निर्माण कार्य ब्यवस्थापन सम्बन्धी तालिम दिइएको हो ।
तालिमको नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष केडी लामाले उदघाटन गर्दै तोकिएका मापदण्ड बमोजिम निर्माण कार्य पुरा गर्न सुझाव दिनुभयो । विगतका तुलनामा पछिल्ला समय निर्माण कार्यमा कमी हुदा ब्यवसाय प्रत्यक्ष प्रभावित भएको बताउनुभयो ।
सोही कार्यक्रममा केन्द्रिय उपाध्यक्ष खिमप्रकाश मल्ल, महासचिव रोशन दाहाल लगायतले निर्माण ब्यवसायीका अवस्था र चुनौतीका बारेमा आ आफना धारणा सहित शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
निर्माण व्यावसायि संघ स्याङ्जाका अध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव बिष्णु पोखरेलले गर्नुभएको थियो ।
निर्माण ब्यवसायी एवं प्रशिक्षक केशव आचार्यले प्रशिक्षण दिनुभएको थियो । तालिममा निर्माण ब्यवसायमा आवद्ध ६० जनाको सहभागि थिए ।