Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निजी तथा सरकारी बिद्यालयबीच बिभेद नगरौं — उपाध्यक्ष अधिकारी
    पुतलीबजार नगरपालिका

    निजी तथा सरकारी बिद्यालयबीच बिभेद नगरौं — उपाध्यक्ष अधिकारी

    Syangja SandeshBy Syangja SandeshJanuary 12, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ पुस । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष कृष्ण अधिकारीले राज्यले निजी तथा सरकारी बिद्यालयबीचको बिभेद हटाउनु पर्ने बताउनु भएको छ । शिक्षाका लागि ठूला लगानी तथा मेहनत गरिरहेका निजी बिद्यालयलाई राज्यले हेर्ने नजरमा बिभेद गर्न नहुनेमा जोड दिनुभयो ।

    प्याब्सन स्याङजाको १५ औं अधिवेशनको उदघाटन गर्दै अधिकारी पैसा कमाउनकै लागि निजी बिद्यालय नखोलिएको उहाले बताउनुभयो । उहाले भन्नभयोे, ‘शिक्षाका माध्यमबाट शिक्षा, सीप र संस्कारको चेतना दिनु हाम्रा उदेश्य हुन । ’

    सरकारी बिद्यालयको बिरोध होइन, निजी तथा सरकारी बिद्यालयमा पढ्ने हाम्रै छोराछोरी हुन् । राज्यले तोके बमोजिमका कर र अन्य सेवा सुबिधा समेत उपलब्ध गराएका छौं उहाले भन्नुभयो । बिद्यार्थीका संख्या घटेको छ । तर, राज्यको लगानी बढेको उहाले बताउनुभयो ।

    स्याङ्जाबासी भएकाले स्याङ्जाका बिभिन्न २२ वटा सरकारी बिद्यालयलाई इन्टरनेट तथा सोलार सहितको ब्यवस्थापन गर्दै कम्प्यूटर प्रदान गरे पनि त्यसको पूर्ण सदुपयोग हुन नसकेको उहाको भनाई छ ।

    प्याब्सनको भवन निर्माण शिलान्यास गर्दै उपाध्यक्ष अधिकारीले इन्जिनियरिङ खर्च सहित एक लाख ५१ हजार रुपैंया सहयोग गर्ने बताए। प्याब्सनले अधिवेशनकै दिन पारेर पुतलीबजार नगरपालिका १ मा केन्द्रिय उपाध्यक्ष अधिकारी र अध्यक्ष मेघराज गैह्रेले शिलान्यास गर्नुभएको हो ।

    कार्यक्रममा उपप्रमुख देवी अर्यालले निजी तथा सरकारी बिद्यालयसंगै सहकार्य गर्दै अघि बढेको बताउनुभयो ।
    यसैगरी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्य, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा एमाले सहसचिव अमृत श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका अध्यक्ष बिष्णु गिरी, रास्वपाका सभापति विश्वास भण्डारी लगायतले शैक्षिक गुणस्तर बृद्धिका लागि राज्य र सरोकारवालाबीच सहकार्य हुन जरुरी रहेकोमा जोड दिनुभयो ।

    यसैगरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, सामुदायिक रेडियो स्याङ्जाका धु्रवबन्धु पौडेल, आदर्श क्याम्पस वालिङका पूर्वप्रमुख धुवप्रसाद पंगेनी, प्याब्सन स्याङ्जाका पूर्वअध्यक्ष हर्कबहादुर कार्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
    प्याब्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट उपाध्यक्ष राजेन्द्र गोदारले स्वागत एवं सचिव लेखनाथ रेग्मीले संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा प्याब्सनद्धारा आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम भएका अनुस्का केसी (पिसजोन), द्धितिय हुने प्रकाश कोइराला (रोशनी) , तृतीय हुने प्राप्ति काफले (पायनियाज) र सान्त्वना हुने प्रशन्न अर्याल (बालोदय) लाई पुरस्कृत गरिएको छ ।
    एसइईमा उत्कृष्ट ४ जीपिए ल्याउने पिसजोन वालिङ्का संगीत भुषाल र चिराग मावि गल्याङका उमेश चापागाईलाई सम्मान गरिएको छ ।
    प्याब्सनमा रहेर जिल्ला तथा केन्द्रमापुगी सहयोग पुरयाएको भन्दै प्याब्सनका पूर्वकेन्द्रिय सदस्य पुष्पराज बराल र स्याङ्जाका पूर्वअध्यक्ष बुद्धिसागर त्रिपाठीलाई पनि सम्मान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.