Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 25
    Trending
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘नेपाली काँग्रेसकोे सय दिने बिशेष अभियान स्याङ्जामा सुरु’
    समाचार

    ‘नेपाली काँग्रेसकोे सय दिने बिशेष अभियान स्याङ्जामा सुरु’

    Syangja SandeshBy Syangja SandeshNovember 19, 2024Updated:November 19, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ मंसिर । नेपाली काँग्रेस स्याङ्जाले आजदेखि एक सय दिने अभियान सुरु गरेको छ । अभियानको शुभारम्भ गर्दै नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले अभियानले नेता र कार्यकर्ताबीचको भाइचारा सम्बन्ध कायमगरी सामाजिक एवं राजनीतिक सेवामा समर्पित गर्न सहयोग पुग्ने बताउनुभयो ।

    एवं पूर्वमन्त्री समेत रहनु भएका गुरुङ्ले संबिधान संशोधनको आवश्यकता औल्याउनुभयो । संबिधान संशोधन र आर्थिक मन्दी संकट मोचनका मुल मुद्धा बनाएर कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको बताउनुभयो ।

    संविधान संशोधन नेपालको राजनितिक राजनितिक स्थायित्वका लागी आवश्यक रहेको भन्दै मुलुकको राजनीतिक दर्पणलाई नेपाली जनताले थेग्ने हुनुपर्नेमा उनले जोड दिनुभयाृे । उहाले भन्नुभयोे, “संविधान संसोधन गर्दा गर्दा, तराई, पहाड, हिमालका साथ साथै दलित, खस आर्य, महिला सबैको वर्गको प्रत्यक्ष रुपमा प्रतिनिधित्व हुने गरी सांसदको संख्या घटाई, समानुपातिकतर्फको पनि १६५ मा अटाउनुपर्छ।”

    संविधान संसोधन छिटो गर्नुपर्नेमा जोड दिँदै उनले आर्थिक मन्दी यही अवस्थामा रहने हो भने देश खतरातर्फ धकेलिने स्वंय अर्थमन्त्रीले भनिरहेको अवस्थामा अव पनि नेपाल सरकार तथा राजनितिक दल नयाँ मोडका साथ अगाडि बढ्न आवश्यक रहेको उहाको भनाई छ ।

    सहकारीमा आफनो नाम पनि जोडिएको जनाउदै सत्यतथ्य बाहिर ल्याउन संसद र यस्ता फोरमबाट सधैभरी आवाज उठाएको उहाले जानकारी दिनुभयो । म माथि छानवीन गर भन्दै गर्दा पनि म माथि किन पटक पटक पारिवारिक विचलनको प्रहार भैरहेको छ ? उहाले भन्नुभयो ।

    संघिय सांसद एवं नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाले मिशन ०८४ को मुद्धा लिएर लिएर अघि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो । निर्वाचन प्रणाली, शासन ब्यवस्था, निर्वाचन खर्च, समानुपाति प्रतिनिधित्व, जनप्रतिनिधिका सुबिधाका बारेमा सुधार गर्दे आवश्यक भएमा संबिधान संशोधन गर्न सकिने उहाको भनाई छ । पार्टीभित्रको एकताका लागि गर्दे अघि बढ्नुको बिकल्प नरहेको उहाको जोड छ ।

    पूर्वउपप्रधानमन्त्री एवं पुर्वउपसभापति गोपालमान श्रेष्ठ, केन्द्रिय प्रतिनिधि तथा नेपाली कांगे्रसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ, केन्द्रिय सदस्य एवं पूर्वमन्त्री सरस्वती अर्याल, गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारी, अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, गण्डकी प्रदेश उपसभापति एवं पूर्वमन्त्री मेखलाल श्रेष्ठ, पूर्व कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमार, कांग्रेसका क्षेत्रीय सभापति एवं नगरप्रमुख तुलसीराम रेग्मी, प्रदेश सभापति एवं प्रदेश सांसद महेश भटराइ, प्रदेश सभापति धुब बिक्रम खाण, विरुवा गाउपालिकाका सभापति डोलराज पोखरेल, स्वतन्त्रता सेनानी तारापती सुवेदी, नेपाल महिला संघ सचीव तारा मल्ल, नेविसंघ जिल्ला अध्यक्ष गौरव प्रधान, लगायतले कांग्रेसको सय दिने अभियानलाई सफलतापूर्व सम्पन्न गर्न आवश्यक बमोजिमको सहयोग गर्ने प्रतिवद्धता जनाउदै नेपाली कांग्रेस, भातुसंस्थाबीचको सम्बन्धका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    उपसभापति केदार काफ्लेले अभियानमा सहभागी हुने नेता तथा कार्यकर्तालाई कार्यक्रममा स्वागत मन्तब्य, सचिव दामोदर लम्सालले सय दिने अभियानका बारेमा केन्द्रिय परिपत्र पढेर जानकारी गराउनु भएको थियो भने प्रवक्ता भरतप्रसाद लम्सालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्देशन अनुसार स्याङ्जामा पनि ‘सय दिने बिशेष अभियान’ कार्यक्रमको आज (सोमबार)देखि सुभारम्भ गरिएको हो ।

    अभियान अन्र्तगत सय दिनमा जिल्लाका ११ वटै स्थानीय पालिका र ९७ वटा वडामा पुगेर नेपाली कांग्रेसको गरेका काम तथा जिम्मेवारीका बारेमा जानकारी लिने र सो का बारेमा केन्द्रमा जानकारी पठाउने मुख्य काम रहेको केन्द्रबाट खटिई आएका केन्द्रिय सदस्य एवं प्रतिनिधि टेकप्रसाद गुरुङ्ले जानकारी दिनुभयो । स्याङ्जा गुरुङको जन्म जिल्ला पनि हो ।

    यसैगरी, सोही कार्यक्रममा आइतवार निधन हुनुभएका पूर्वसभामुख दमननाथ ढुंगाना लगायत ज्ञात अज्ञात सहितलाई स्मरण गर्दै मौनधारणा सहित श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.