स्याङ्जा २२ असोज । आज नवरात्रको छैटौं दिन । कात्यायनी देवीको पुजाको अवसर पारेर पारेर सत्य श्री साइकेन्द्र स्याङ्जाले नगर संस्कृतन सहित देवी भगवतीको मन्दिरमा भजनकिर्तन गरेको छ ।
मंगलबार बिहान साई केन्द्र भवनबाट निस्केको संस्कृतन सहितको साइभक्तहरुको समूहले सदरमुकाम स्थित मुख्य बजार सहिदचोकदेखि वीपी चोक, लोकतान्त्रिक चोक, अभियान पथ, ठाडो लाईन, भिमसेनथान चोक, बालमन्दिर, बैकरोड हुदै सहिदचोक र जिल्ला प्रहरी कार्यालय हाताभित्र रहेको देवी भगवती मन्दिरमा पुगेर भजन किर्तन सहित संकृतन गरिएको थियो ।
देवी भगवती सहित सत्य साई रामका एक दर्जन भजन कृतन गरिएको थियो । संकृतनमा प्रहरी उपरीक्षक शालिकराम शर्माले धर्म, संस्कार र संस्कृतिका बारेमा जानकारी गराउदै विजयादशमीको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सत्य साइ केन्द्र केन्द्रिय सदस्य राजकुमारी गुरुङ, गण्डकी प्रदेश संयोजक रंगनाथ रेग्मी, प्रदेशका महिला बिभाग उपाध्यक्ष लक्ष्मी श्रेष्ठ, स्याङ्जाका अध्यक्ष सन्तोषी श्रेष्ठ, निवर्तमान अध्यक्ष अन्जु श्रेष्ठ, साइभक्त दयाराम पराजुली लगायतले शुभकामना सहित प्रवचन ब्यक्त गर्नुभएको थियो ।
आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ ।
यसैगरी नवदुर्गा पुजाको अवसर पारेर सत्य श्री साइकेन्द्र स्याङ्जाले नगर संस्कृतन सहित देवी भगवतीको मन्दिरमा भजनकिर्तन गरेको छ ।