Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 27
    Trending
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरि मनाइदै
    समाचार

    नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरि मनाइदै

    Syangja SandeshBy Syangja SandeshOctober 4, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १८ असोज । नवरात्रको दोस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गबरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो ।

    ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

    यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दशैँघरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । नवरात्रको पहिलो दिन हिजो दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । वर्षमा चार नवरात्र पर्छन् ।

    दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.