स्याङ्जा २० पुस । छैठौँ अधिवेसनबाट निर्वाचित नेपाल पत्रकार महासंघ स्याङ्जाका पदाधिकारीले शुक्रवार स्याङ्जा सदरमुकाममा सपथ ग्रहण गरेका छन् ।
पुतलीबजार नगरपालिका १ स्थित महासंघको कार्यालयमा आयोजित निर्वाचन समितिका संयोजक एवं अधिवक्ता तुलसी गिरीले नवनिर्वाचित अध्यक्ष सहितको कार्यसमिति लगायत केन्द्र एवं प्रदेश प्रतिनिधिलाई पद सहितको सपथ गराउनुभएको थियो ।
सपथसंगै संयोजक गिरीले पत्रकारिताका धर्म, कर्म र मर्म बुझेर पत्रकारिकता गर्नुपर्ने बताउनुभयो । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा क्रियाशिल हुन समेत उहाले सुझाव दिदै अधिवेशनका क्रममा दिइएको जिम्मेवारीलाई कुशलतापूर्व हस्तान्तरण गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंक संचालक सदस्य भरतप्रसाद लम्सालले महासंघको कार्यालयका लागि आवश्यक फर्निचर खरिदका लागि भन्दै ६० हजार नगद सहयोग गर्ने घोषणा गर्नुभयो । आजका दिन (पुस १९) मा स्याङ्जाबाटै बंैकले आफ्नो कारोबारको थालनी गरेको भन्दै महासंघको भौतिक संरचनाका लागी पनि आगामि दिनमा थप सहयोग गर्ने उहाले प्रतिवद्धता जनाउनुभयो ।
पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य एवं स्याङ्जाका निर्वतमान अध्यक्ष श्रीकृष्ण सिग्देलले आफ्नो ३ वर्ष ८ महिने अवधिमो कार्यालय स्थापना सहित महासंघका गतिबिधिलाई कम्प्यूटरमा राख्ने कार्य गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा महासंघका पुर्वअध्यक्ष द्धय ओमप्रकाश शर्मा, प्रकाश डोटेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै महासंघको भवन र पत्रकारिता सम्बन्धी आवश्यक तालिम उपलब्ध गराउनु पर्नेमा हातेमालो गर्दै अघि बढ्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा सम्पन्न पदभार ग्रहण कार्यक्रमकमा उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं निर्वाचन समिति सदस्य एवं अधिवक्ता पारशमणी पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष कोईरालाले आफ्नो कार्यकालमा महासंघको भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्याङ्जाको पत्रकारितालाई थप उचाईमा पु¥याउन आफु सहितको सम्पूर्ण कार्यसमितिको सहयोग रहने बताउनुभयो ।
पदभार ग्रहणसंगै महासंघकोे पहिलो बैठकले भवन निर्माणका लागी अध्यक्ष कोईरालाको संयोजकत्वमा जग्गाप्राप्तिका लागी ५ सदस्यीय समिति गठन गरेको छ ।समितिमा निर्वतमान अध्यक्ष श्रीकृष्ण सिग्देल, पुर्व अध्यक्षहरु ओमप्रकाश शर्मा प्रकाश डोटेल र सचिव शुसिल सुवेदी रहनु भएको छ ।