स्याङ्जा १९ पुस । स्याङ्जाबाट सुरुवात गरेको मुक्तिनाथ विकास बैंकले १९ औं बार्षिकोत्सव मनाएको छ । विस २०६३ पुुस १९ गते पुतलीबजार नगरपालिका १ मा स्थापना गरिएको हो ।
बैंक स्थापनाका छोटो समयमै मुलुकभर ख्याती कमाउन सफल विकास बैंकले स्थापनाको १९ को बार्षिकोत्सवलाई मुलुकभरका एक सय ९० शाखामा बिभिन्न कार्यक्रम गर्दै मनाएको छ ।
यसैक्रममा पुतलीबजारमा रहेको शाखा कार्यालयमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संचालक सदस्य भरतप्रसाद लम्सालले मैनबत्ती बाल्दै केक बाडेर बार्षिकोत्सवको उदघाटन गर्नुभएको थियो । १९ औं बर्ष प्रवेशको शुभारम्भ गर्दै स्याङजा सदरमुकाममा स्थापित बैंक आज मुलुककै नमूना बैंक बन्न सफल भएको बताउनुभयो । जिल्लाबासी असल कारोवारीका कारण बैंकले सफलता पाएको बताउनुभयो ।
यसैगरी, बिद्यालय स्तरीय चित्रकला प्रतियोगितामा अर्जुनचौपारी गाउपालिका स्थित पञ्चकन्या माध्यमिक बिद्यालयमा अध्ययरत छात्रा स्नेहा सार्किलाई नगद १० हजार सहित पुरस्कृत गरिएको थियो । खुला चित्रकला प्रतियोगितामा २६ बिद्यालय सहभागी भएकोमा उहाले प्रथम स्थान हासिल गर्नुभएको थियो ।

बैंकले आफनो बार्षिकोत्सवको अवसर पारेर पुतलीबजार नगरपालिका १ स्थित बाल मन्दिर आधारभूत बिद्यालय र पुतलीबजार नगरपालिका ३ स्थित चण्डीकालिका बहिरा आधारभूत विद्यालयलाई एक÷एक वटा डेक्सटप कम्पूटर र सरस्वती माध्यमिक बिद्यालय गैरीखेतमा अध्ययरत ३० जना बालबालिकालाई जाडोमा लगाउने स्वीटर प्रदान गरेको छ ।

यसैगरी, बैंकले चापाकोट क्याम्पसलाई एक लाख र चापाकोट स्थित जनहित माविमा अध्ययरत बालबालिकालाई एउटा रंगीन टेलिभिजन सहित न्यानो कपडा र पत्रकार महासंघ स्याङजा शाखाको कार्यालय ब्यवस्थापनका लागि ६० हजार रुपैंया सहयोग उपलब्ध गराउनृे संचालक सदस्य लम्सालले जानकारी दिनुभयो ।उपलब्ध गराइएको संचालक सदस्य लम्सालले जानकारी दिनुभयो ।

ती सामाग्री हस्तान्तरण गर्दै संचालक सदस्य लम्सालले बैंकले सामाजिक उत्तरदायित्व अनुरुप बिद्यालयका आवश्यकता बमोजिम ती सामाग्री प्रदान गरिएको जनाउदै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो ।

कार्यक्रममा बैंकका प्रवन्धक डम्बरबहादुर क्षेत्री, बैंकका म्यानेजर निर्मला मरासिनी लगायतले शुभकामना सहित बैंकिङ् कारोवार सम्बन्धी जानकारी गराउनु भएको थियो ।
बालमन्दिरका प्रधानाध्यापक उत्तरा गुरुङ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनिता भुजेल, चण्डीकालिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमिरबक्स मिया, सदस्य कमलकान्त उपाध्याय, सरस्वती मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रप्रसाद शर्मा र शिक्षक प्रकाश कोइरालाले लगायतले मुक्तिनाथ विकास बैंकको सहयोगप्रति आभार एवं धन्यवाद ज्ञापन गर्नुभएको थियो ।