स्याङ्जा २७ कात्तिक । प्रादेशिक अस्पताल स्याङ्जामा मानसिक स्वास्थ तथा मनोसामाजिक सु—स्वास्थ्य सम्बन्धी कोशिशले अभिमूखीकरण कार्यक्रम गरेकोे छ ।
कोशिशले गण्डकी र बागमती प्रदेशका प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र अस्पतालमा आधारित एकद्वार संकट ब्यबस्थापन केन्द्रसंग समन्वयगरि मानसिक स्वास्थ्यको सेवा उपलब्ध गराउन पहल गराउन सहयोग पु¥याउने उदेश्य रहेको बताइएको छ ।
कार्यक्रममा बोल्दै मे. सु. डाक्टर सुशीलकुमार मरासिनीले मानसिक स्वास्थ्य सेवा अत्यावश्यक भएको जानकारी दिनुभयो । स्याङ्जा अस्पतालमा सो सेवा नभएको जनाउदै आउदा दिनमा छिटै यस्ता सेवा उपलब्ध गराउनेगरि कार्ययोजना अघि बढाउने प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा अस्पतालमा मानसिक स्वास्थ सेवाको आवश्यकताका बारेमा कोशिशका वरिष्ठ सामाजिक कार्यकर्ता मन्जु क्षेत्री र गण्डकी प्रदेशका मीनाकुमारी दुराले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा अस्पतालको डाक्टर, नर्स, कर्मचारी लगायतका सहभागि थिए ।
