स्याङ्जा २२ मंसिर । लत्रेपिपल बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशनले डालबहादुर कुवँरको अध्यक्षतामा समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लेखनाथ शर्मा, सचिव भानुभक्त शर्मा, कोषाध्यक्ष विश्वराज मरासिनी चयन भएका छन । यस्तै, सदस्यहरुमा कमलकान्त उपाध्याय, भिम कुमारी उपाध्याय, भोज बहादुर गोदार, आशमाया भुजेल, विष्णुमाया पौडेल शर्मा चयन भएको निर्वाचन समितिका संयोजक शालिग्राम मरासिनीले जानकारी दिनुभयो । लेखा समिति संयोजकमा ख्यामराज शर्मा र सदस्यहरुमा बसुन्धारा मरासिनी र टोप बहादुर भुजेल चयन हुनु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका निवर्तमान नगर प्रमुख सीमा क्षेत्रीले स्थापना कालमा बहुउद्देश्यीय उद्देश्य प्राप्तिका लागि बहुउद्देश्यीय सहकारी स्थापना गर्नु नै उचित हुन्छ भनेर स्थापनामा जोड दिएको बताउनुभयो । सहकारीको नेतृत्वदायी भुमिकामा महिला आउनुपर्नेमा जोड दिदै उहाले स्रोत, साधन र अवसर भएपछि नहुने कुरा केही नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस वडा सभापति कमलकान्त उपाध्याय, नेकपा एमाले अध्यक्ष शालिग्राम मरासिनी, नेपाली कम्युनिष्ट पार्टी संयोजक डिल्लीराम शर्मा, सेयर सदस्यहरु केदारप्रसाद मरासिनी, भिमकुमारी उपाध्याय चन्द्र, टोप बहादुर भुजेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष गेमबहादुर मल्लले वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष लेखनाथ शर्माले आर्थिक प्रतिवेदन, ऋण संयोजक टेकबहादुर भुजेलले ऋण प्रतिवेदन, लेखा समिती सदस्य भानुभक्त शर्माले लेखा प्रतिवेदन, ऋण समिती सदस्य विश्वराज मरासिनीले सहकारी ऐन, निति र योजनाहरुका बारेमा जानकारी गराउनुभयो ।
३५ जना सेयर सदस्यबाट सुरुवात भएको सहकारीमा हाल पुरुष १५४ पुरुष तथा महिला १७४ गरि ३ सय २८ जना सेयर सदस्य रहेका छ्न भने २ करोड ३१ लाख बढिको कारोबार गर्दै आएको छ ।
नियमित बचतकर्ता भिमबहादुर कुवर, असल सेवाग्राही डिलकुमारी मल्ल, ज्येष्ठ नागरिक शालिकराम उपाध्याय, शोभादेवी शर्मा मरासिनी, शैक्षिक सम्मान तर्फ एस इ इ मा सर्वोत्कृष्र्टे युनि भुजेल, नितेश शर्मा, बहुआमायिक यामबहादुर सेन, प्रबन्धक सम्झना शाही मल्ल, सहकारीका बजार प्रतिनिधि सुधा नेपाली र नृत्यकार युनिका भुजेललाई नगद सहित सम्मानित गरिएको थियो ।
सहकारीका अध्यक्ष गेमबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ख्यामकुमारी मरासिनीले स्वागत र सचिव डालबहादुर कुवरले संचालन गर्नुभएको थियो ।
