स्याङ्जा १९ पुस । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जीवन वाटिका स्याङजाको समन्वयमा लागु औषध तथा कुलतमा लागेका युवाका लागि मनोपरामर्श तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दै सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले युवायुवती कुलतमा फस्न नदिने उदेश्यले यस्ता पराशर्म कार्यक्रम गरिएको बताउनुभयो । सचेतनामूलक कार्यक्रमले परिवार र समाजमा सकारात्मक प्रभाव पार्ने जनाउदै उहाले यस्ता कार्यक्रम आवश्यक भएमा सम्पर्क राख्न समेत सहभागीलाई सूचित गराउनुभयो ।

स्याङ्जा सदरमुकाममा आयोजित सो कार्यक्रममा जीवन बाटिका स्याङ्जाका अध्यक्ष समिर गुरुङले लागु औषधका बारेमा जानकारी गराउदै यसको कुलमा कसरी फस्न सकिन्छ र फसेपछि के कस्ता बिबि र उपाय अपनाउन सके लागु औषधको दुब्र्यसनबाट छुटकारा पाउन सकिन्छ भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।
यसैगरी, जीवन बाटिका स्याङ्जाका निवर्तनमान अध्यक्ष नविन अर्यालले आफु लागु औषधको दुब्र्यसनको कुलतमा फसेर पनि आज सफल जीवन जिउन सकेको बताउनुभयो । उहाले लागु औषधको तलमा जसरी आफु फसिन्छ त्यसलाई चाह्यो भने त्याग गर्न पनि सकिने उहाले भन्नुभयो । नेपाल सहित स्याङ्जामा पनि धेरै युवायुवती लागु औषधको कुलतमा फसेको जनाउदै अव उनीहरुलाई सो दलदलबाट उम्काउनेगरी यस्ता तालिम, परामर्श कार्यक्रमलाइृ निरन्तरता दिइनु पर्नेमा उहाहरुले जोड दिनुभयो ।
कार्यक्रममा झण्डै ५०/६० जना युवायुवती सहभागी थिए ।