स्याङ्जा ५ असोज । जिल्ला क्रिकेट संघ स्याङ्जाको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन गर्दै गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले क्रिकेट खेलका लागि नेपाली खेलाडीको भविष्य उज्जवल देखिएकाले संघ, प्रदेश र स्थानीय सरकार बढी जिम्मेवार बनेर खेलाडीलाई सहयोग गर्नु पर्ने बताउनुभयो ।
क्रिकेट खेलाडीका लागि नियमित अभ्यास उपयुक्त खेलमैदान आवश्यक पर्ने भएकाले यसतर्फ सरोकारवाला सबैको ध्यान जानु पर्ने उहाको भनाई छ । स्याङ्जामा क्रिकेटका खेलाडी राम्रा उत्पादन भएको र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सहभागिता जनाउने सक्ने गरि खेलमा प्रर्दशन गर्नु उत्कृष्ठ कार्य भएको बताउनुभयो । राज्यले खेलाडीलाई स्वदेशमै टिकाउने र जिबिकोपार्जन हुने खालका निती अवलम्बन गर्नु पर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य गिरमान गुरुङ, वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, वडा सदस्य बिष्णुकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य सहित क्रिकेट खेल मार्फत जिल्लाकै पहिचान बनाउनु पर्नेमा जोड दिनुभयो ।
क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापाको अध्यक्षतामा सम्पन्न कर्याक्रममा सदस्य बिद्या भट्टराईले स्वागत, कोषाध्यक्ष अनुपम मरासीनीले धन्यवाद एवं सदस्य नारायणप्रसाद तिवारीले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा क्रिकेट प्रतियोगिता तथा खेलका लागि सहयोग एवं योगदान दिनुहुने खेलाडीहरु, संघ, संस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।