स्याङ्जा ११ बैशाख । घरेलु तथा साना उद्योग महासंघ कोहलपुर र स्याङ्जाका सदस्यबीच परिचयात्मक कार्यक्रम सहित अनुभव आदानप्रदान गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ स्याङ्जाले बाके जिल्ला शाखा अन्र्तगत नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका पदाधिकारीलाई स्याङ्जामा स्वागत गर्नुका साथै बिबिध उद्यम संचालन सम्बन्धी अन्र्तक्रिया गरिएको हो ।
घरेलु तथा साना उद्योग ब्यवसायका अवस्थाका बारेमा जानकारी लिने उदेश्यले देश भ्रमणमा निस्किएको सो टोलीलाई स्याङ्जामा स्वागत सहित अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सदस्य लक्ष्मी प्रधानले जिल्लामा उत्पादित कच्चा पदार्थका आधारमा सुहाउदो उद्यम ब्यवसाय संचालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाले महिला उद्यमी बढाउनका लागि राज्यले सहुलीयत दरमा ऋण सहित उपदानको ब्यवस्था गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा महासंघका गण्डकी प्रदेश कोषाध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर अध्यक्ष हेमविक्रम जिसी लगायतले दुई महासंघबीच अनुभव आदानप्रदान गरिएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मित्रबन्धु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट उपाध्यक्ष मेघ प्रनेशले स्वागत र महासचिव बलबहादुर गोदारले संचालन गर्नुभएको थियो ।