स्याङ्जा १५ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा स्याङ्जामा विभिन्न सचेतना मूलक कार्यक्रमहरु जारी छन् । सोही क्रममा एकिकृत सेवा कार्यालय स्याङ्जा र गल्याङ नगरपालिकाको समन्वय र सामुदायिक प्रहरी साझेदारीमा अभिमुखिकरण तथा अन्तक्र्रिया गरेको छ ।
कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले लैङ्गिक हिंसा अन्त्यको लागि सबै जनाको एकिकृतप्रयास आवश्यक रहेको औल्याउृनुभयो । कहि कतै लैङ्गिक हिंसाबाट पिडित हुन परेमा स्थानीय न्यायिक समितिले कानूनी सहायता , उद्धारमा सहयोग गर्न तयार रहेको उहाले जानकारी गराउनुभयो ।
एकद्धार संकट व्यवस्थापन केन्द्र प्रदेश अस्पताल स्याङ्जा प्रमुख गीता न्यौपानेले महिलाहरु आफूहरु हिंसामा परेनतापनि समाज र परिवारको डरले बाहिर अभिव्यक्त गर्न नसकेको बताउनुभयो । उहाले कुनै पनि महिलाहरु हिंसामा परेर सहनु पर्ने अवस्था नभएको भन्दै गण्डकी प्रदेश सरकारले प्रदेश अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र र एकिकृत सेवा कार्यालयले सञ्चालन गरेको अल्पकालिन आश्रय स्थलबाट पिडितको उद्धार, राहत र कानूनी लडाइमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।
एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले सबै तहका सरकार, संघ सस्था, महिला अधिकारकर्मी , आमा समूहको सामूहिक सचेतना र जागरणका कार्यक्रमबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिनेमा जोड दिनुभएको छ । कार्यालय प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन साधना न्यौपानेले गर्नुभएको थियो ।
