स्याङ्जा २७ पुस । पुतलीबजार नगरपालिका १ स्थित चण्डीकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं साधारण सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्री प्रसाद घर्तीले स्याङ्जा सदरमुकाममा पहिलो पटक स्थापित चण्डीकालिका सहकारीले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । सहकारी नियमित बचत तथा ऋण लगानीको जोखिममा नरहेको जनाउदै आर्थिक संकटका बेला पनि सहकारीको तथ्यांक अत्यन्त राम्रो देखिएकाले सहकारी सञ्चालकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष महेश श्रेष्ठ, नि वर्तमान अध्यक्ष यज्ञ प्रसाद पौडेल, पत्रकार भवानी अधिकारी शेयर धनी हरि नारायण शर्मा लगायतले स्याङजा सदरमुकाममा स्थापित पहिलो स्थापित सहकारीले निम्न स्तरका ब्यक्तिलाई लक्षित गर्दै सेवा प्रवाह गर्दै आएको र खराब कर्जा नहरेको भन्दै सहकारीको सफलताको शुभकामना सहितको मन्तब्य व्यक्त गर्नुभयो ।
सोहि अवसरमा अन्तराष्ट्रिय सम्मान पाउनु भएको भन्दै सहकारीका सचिव ओम प्रकाश शर्मा, उत्कृष्ट कर्मचारी सोनिया सारु मगर, असल ऋणी लक्ष्मी गुरुङ् र नियमित बचतकर्ता अमिना खातुनलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन निर्मल शेरचन, कोषाध्यक्षको प्रतिवेदन सचिव ओम प्रकाश शर्मा र लेखा सुपरिवेक्षण प्रतिवेदन तुलबहादुर गोद्धारले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष निर्मल शेरचनको अधयक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश शर्माले गर्नुभएको थियो ।