Browsing: स्याङजा बिशेष

संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङजाका सभापति राजु थापाले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै सरसल्लाह आदानप्रदान गर्दै अघि बढ्नु पर्ने बताउनुभएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्धारा आयोजित नेपाली कांग्रेसका सभापति राजु थापा र पुतलीबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले सो बताउनुभएको हो ।

निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले आयोगले संस्थागत सृदुढीकरण गरी प्रविधियुक्त निर्वाचन प्रणाली अवलम्बन गर्ने लक्ष्य लिएको बताउनु भएको छ । निर्वाचन प्रणालीलाई प्रविधिसँगै जोडदै ई(भोटिङको तयारी भैरहेको उहाले बताउनुभयो।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. २ को आयोजना तथा रेडक्रस सोसाइटी स्याङ्जाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको छ ।

दिगो बिकासको लक्ष्यका स्थानिकीकरण अन्र्तगत वालिङ्मा हरित पुनःउत्थान परियोजना लागु गरिएको छ।
वालिङ् नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक साझेदारी सहित दियालो संस्थाको व्यवस्थापनमा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको हो।

आर्थिक बर्ष २०७९÷८० मा स्याङ्जाको बजेट ४ अरब ६६ करोड २४ लाख रुपैंया बिनियोजन भएको छ। गएको वर्ष यहाँ ४ अर्व ३४ करोड ७६ लाखको बजेट थियो। गएको बर्षको भन्दा यसबर्ष ३१ करोड ४८ लाख रुपैंया बढी हो।
संघिय सरकारले यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकामा उपलब्ध गराउनेगरी सो रकम विनियोजन गरेको हो।

गएको शनिबार साँझ आमा (विष्णु विक) र हजुरआमा ९उमासरा परियार० सँग फोनमा कुराकानी गर्दै घरपरिवारका सन्चो बिसञ्चो सोधिन्, कृष्मी थापा। आइतबार बिहान ४ बजेदेखि ड्युटीमा जानुपर्ने भन्दै आमा र हजुरआमासँग कुराकानी छोट्याएर सुत्नुभयो।

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज २७ औँ वर्षमा प्रवेश गरेको छ ।
विसं २०५३ जेठ १९ गते स्थापित समाजले स्थापना दिवसको अवसर पारेर स्याङ्जामा अन्तरक्रिया कार्यक्रमगरी मनाइएको हो । ।

स्याङ्जा १४ जेठ । सहिद महेन्द्र शाहको ४३ औं स्मृति दिवस मनाइएको छ । सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानको आयोजना…

वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तरगत हरित पुनःउत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको छ ।

स्याङ्जा १४ जेठ । पुतलीबजार नगरपालिकाभित्रका ३ वटा पर्यटकीय क्षेत्रमा ‘ईको भिलेज’ स्थापना र ‘हरित रोजगार’ मा जोड दिने भएको…

स्याङ्जा १० जेठ । स्थानीय निर्वाचनमा स्याङ्जाका ३ पालिका प्रमुखको प्रतिस्पर्धामा रहेका ३ जना महिला पराजित हुनु भएको छ ।…

स्याङ्जा १० जेठ । गल्याङ् नगरपालिकाको प्रमुख पदमा ठूला राजनीतिक दलका प्रमुख ब्यक्तिबीच प्रतिस्पर्धा रह्यो। नगर प्रमुख पदमा नेकपाका अध्यक्ष…