नेपालका लागि अष्टे«लियन राजदुत फेलिसिटी भोल्कले महिलालाई सक्षम बनाउन सके मात्र स्थानीय सरकार सफल हुने बताउनुभएको छ । महिला सक्षम र आर्थिक रुपमा बलियो बनाउन नितिगत ब्यवस्था गरिनुपर्नेमा उहाले जोड दिनुभयो ।
Browsing: स्याङजा बिशेष
पुतलीबजार नगरपालिकाका ८५ जना महिला किसानलाई बाख्रा तथा कुखुरा पालनका लागि आवश्यक सामाग्री प्रदान गरिएको छ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको ब्यवस्थापनका लागि आयोगले फरक किसिमले काम गर्दे आएको जनाएको छ। यसअघिका आयोगले गरेका कामलाई निरन्तरता दिदै छिटो छरितो काम गर्नेगरी कार्यबिधि बनाएको आयोगका सदस्य सहितका सरोकारवालाले बताएका हुन।
नेपाली कांगे्रस जिल्ला कार्यसमिति स्याङ्जाले जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । नेपाली कांग्रेसका तर्फवाट निर्वाचित समन्वय प्रमुखदेखि वडा सदस्यसम्मका बिजयी २ सय ७७ जनालाई सम्मान गरिएको हो।
वालिङ् नगरपालिका १० का शिरि पंगेनीको उपचारका लागि उनका परिवारले सहयोगको याचना गर्नुभएको छ ।
१८ बर्षिय छोरा शिशिरलाई रक्तक्यान्सर पुष्टी भएको र उपचारका लागि लाखौं रुपैंया लाग्ने भएकाले उहाका बुवा रामु पंगेनीले सहयोगी मनहरुसंग सहयोगको याचना गर्नुभएको हो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा अनलाईन विलिङ अभिमूखीकरण कार्यक्रम गरिएको छ ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पशुजन्य उत्पादनको वृद्धिबिना समृद्धि संभव नभएको बताउनुभएको छ ।
गल्याङमा नगरपालिकामा ५ दिने अचार बनाउने तालिम शुरु भएको छ ।
गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले सवारी साधनमा प्रदेश सरकारले बढाएको कर शुल्क हटाउन माग गर्नुभएको छ। आन्तरिक मामिला मन्त्री दोबाटेसंगै स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा शुक्रवार सहभागी हुनुभएका सांसद मल्लले बढाईएको शुल्क तत्काल हटाउनु पर्ने बताउनुभएको हो।
बाइसे राज्य अन्तरगतको तत्कालीन नुवाकोट दरबारका गढी, चौतारा र पुराना टुँडीखेल नेपाली सेनाले संरक्षण गरी हस्तान्तरण गरेको छ।
बालकदेखि नै कृषि शिक्षातर्फ आर्कषण बढाउने उदेश्यले स्याङ्जाको भीरकोट नगरपालिकाले भाग्योदय मावि उजेलीडांडामा थप कृषि प्राबिधिक बिषय पनि पढाउदै आएको छ। बिद्यालयले १८ महिने जेटिए प्राबिधिक कक्षा संचालन गरेरै सैद्धान्तिक एवं ब्यवहारिक शिक्षा पढाउदै आएको हो।
गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले प्रदेशमा संकलित राजश्व मध्येको केही प्रतिशत रकम प्रदेश सरकारले राख्ने ब्यवस्था मिलाउनेगरी नीतिगत ब्यवस्था गर्नुपर्नेे बताउनुभएको छ ।
अस्तिदेखिको बर्षाका कारण बिहीवार विहान स्याङ्जामा एउटा घर भत्किदा एक बालिकाको मृत्यु भएको छ भने अर्का बालक घाईते छन।
राष्ट्रिय महिला आयोग काठमाण्डौंको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा महिला उद्यमशिलता विकासका लागि अन्र्तक्रिया गरिएको छ ।
गल्याङ नगरपालिकाको ११ औं सभा सम्पन्न गरेको छ । नगरसभामा पालिकाका नीति तथा कार्यक्रम लगायत बिबिध बिषयमा जानकारी गराउदै नगर प्रमुख गुरुप्रसाद भट्टराईले नगरपालिकालाई शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने प्रमुख लक्ष्य लिएको जानकारी दिनुभयो ।