स्याङ्जा ८ असार । लिङ ९ भुम्रेस्थित भुम्रे माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई मंगलबार स्कूल ब्याग, स्टेशनरी र हाईजिन किट््स वितरण…
Browsing: स्याङजा बिशेष
स्याङ्जा ८ असार । स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार वालिङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण…
स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
जिल्ला अदालत स्याङ्जाको आयोजना तथा उच्च अदालत पोखराको सहयोगमा न्यायमा बाह्य पहुँच कार्यक्रम गरिएको छ । स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायधीश डिल्लीराज आचार्यले कानून अझैं पनि न्यायपूर्ण नभएको बताउनुभएको छ ।
बढ्दो रासायनिक मलको प्रयोगलाई नियन्त्रण गर्ने उदेश्यले आपसी सहयोग केन्द्र स्याङजा नेपाल (आस्क) ले जनप्रतिनिधि सहित सरोकारवालाबीच छलफल एवं सुझाव लिएको छ ।
छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले परम्परागत कृषि प्रणालीका राम्रा बिशेषता अवलम्बन गर्दै कृषिमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिले नगरभित्रबाट बिभिन्न पदमा निर्वाचित ४९ जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा नेपाली कांग्रेसका जिल्ला सभापतिदेखि स्थानीय तहमा निर्वाचित वडासदस्य सम्मका हुनुहुन्छ ।
जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद जिटी र उपप्रमुखमा नेकपा एमालेका खडगराज सुवेदी लगायतका ९ सदस्यले बुधवार सपथ ग्रहणसंगै पदबहाली गरेका छन्।
संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङजाका सभापति राजु थापाले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै सरसल्लाह आदानप्रदान गर्दै अघि बढ्नु पर्ने बताउनुभएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्धारा आयोजित नेपाली कांग्रेसका सभापति राजु थापा र पुतलीबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले सो बताउनुभएको हो ।
निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले आयोगले संस्थागत सृदुढीकरण गरी प्रविधियुक्त निर्वाचन प्रणाली अवलम्बन गर्ने लक्ष्य लिएको बताउनु भएको छ । निर्वाचन प्रणालीलाई प्रविधिसँगै जोडदै ई(भोटिङको तयारी भैरहेको उहाले बताउनुभयो।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. २ को आयोजना तथा रेडक्रस सोसाइटी स्याङ्जाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको छ ।
आत्महत्या दुरुत्साहनका आरोपित युवा पक्राउ परेका छन्
दिगो बिकासको लक्ष्यका स्थानिकीकरण अन्र्तगत वालिङ्मा हरित पुनःउत्थान परियोजना लागु गरिएको छ।
वालिङ् नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक साझेदारी सहित दियालो संस्थाको व्यवस्थापनमा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको हो।
आर्थिक बर्ष २०७९÷८० मा स्याङ्जाको बजेट ४ अरब ६६ करोड २४ लाख रुपैंया बिनियोजन भएको छ। गएको वर्ष यहाँ ४ अर्व ३४ करोड ७६ लाखको बजेट थियो। गएको बर्षको भन्दा यसबर्ष ३१ करोड ४८ लाख रुपैंया बढी हो।
संघिय सरकारले यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकामा उपलब्ध गराउनेगरी सो रकम विनियोजन गरेको हो।
गएको शनिबार साँझ आमा (विष्णु विक) र हजुरआमा ९उमासरा परियार० सँग फोनमा कुराकानी गर्दै घरपरिवारका सन्चो बिसञ्चो सोधिन्, कृष्मी थापा। आइतबार बिहान ४ बजेदेखि ड्युटीमा जानुपर्ने भन्दै आमा र हजुरआमासँग कुराकानी छोट्याएर सुत्नुभयो।
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज २७ औँ वर्षमा प्रवेश गरेको छ ।
विसं २०५३ जेठ १९ गते स्थापित समाजले स्थापना दिवसको अवसर पारेर स्याङ्जामा अन्तरक्रिया कार्यक्रमगरी मनाइएको हो । ।