Browsing: पुतलीबजार नगरपालिका

नेपाल क्षयरोग निवारण संस्थाको स्यांजाको १२ औं जिल्ला अधिवेशनले बिष्णुप्रसाद पौडेलको सभापतित्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

पछिल्लो समय स्याङ्जाका गायिका तथा गायक द्धय सुनीता पौडेल, राजेश भण्डारी र समित सुनारको लय र शब्द मिलन बिश्वकर्माको ‘मादलुको ताल’ ले बजारमा चर्चा पाएको छ। गाउँघरमा यी गीत घन्केका छन्। गीतमा तीजको मौलिकपन दिन खोजिएको छ।

ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ। जसका कारण ट्राफिक प्रहरीलाई सुक्ष्म अनुसन्धानमा समेत सहज हुने देखिएको छ।

राष्ट्र्यि स्वतन्त्र पार्टीले स्याङ्जामा आफनो शाखा विस्तार गरेको छ। जिल्ला शाखासंगै भीरकोट र वालिङ् नगरपालिकामा सम्पर्क कार्यालय पनि स्थापना गरेको जनाएका छन्।

स्याङ्जा सदरमुकाममा स्थापित लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय र सामुदायिक स्याङ्जा रेडियो तथा टेलिभिजनको आठौं अधिबेशनले धुवबन्धु पौडेलको अध्यक्षतामा १९ सदस्यीय संचालक समिति निर्बिरोध चयन गरेको छ ।

पुष्पचन्द्र ट्रष्टद्धारा काजिमान हरिटिकामा २ लाख रुपैंयाका अक्षयकोषको स्थापना गरेको छ। पुतलीबजार नगरपालिका ३ स्थित सो बिद्यालयमा स्याङ्जाका स्थापित सामाजिक अभियन्ता तथा राजनीतिककर्मी स्वर्गिय प्ुाष्पमान श्रेष्ठको ९४ औ स्मृति दिवस पारेर स्थापना गरिएको हो ।

असारको अन्तिमदिनसम्म स्याङजामा ८० प्रतिशत खेतमा रोपाईं सकिएको छ। रोपाईं हुने कुल क्षेत्रफलमध्ये अब २० प्रतिशत भूभागमा भने रोपाई हुन बाँकी छ।

पुतलीबजार नगरपालिकाले पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ। शनिवार बसेको बैठकले पुतलीबजार नगर क्षेत्र भित्र सडक उपयोग गरे वापत लिईने शुल्क नलिने भएको हो।
स्थानीय पालिकाले जथाभावी कर लगायो भन्ने गुनासा सुनिरहेका बेला पटके सवारी कर नलिने भन्दै जिल्लामै पहिलो पटक पुतलीबजार नगरपालिकाले यस्तो निर्णय गरेको हो।

सामाजिक विकास कार्यालय स्याङ्जाले समिति तथा खर्च सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक समिक्षा तथा खर्च सार्वजनिक कार्यक्रम मार्फत खर्च सार्वजनिक गरिएको हो ।

स्वास्थ्य कार्यालय स्याङ्जाले आज सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिर्घकालिन सेवाका लागि सम्मान सहित विदाई गरेको छ ।

सुरक्षित आप्रवासन (सामी) परियोजनाबारे जिल्ला स्थित पत्रकारहरुसंग अन्र्तक्रिया गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा आयोजित सामी परियोजना बारे छलफल एवं सुझाव संकलन कार्य गरिएको हो ।

पुतलीबजार नगरपालिकाका ८५ जना महिला किसानलाई बाख्रा तथा कुखुरा पालनका लागि आवश्यक सामाग्री प्रदान गरिएको छ।

नेपाली कांगे्रस जिल्ला कार्यसमिति स्याङ्जाले जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । नेपाली कांग्रेसका तर्फवाट निर्वाचित समन्वय प्रमुखदेखि वडा सदस्यसम्मका बिजयी २ सय ७७ जनालाई सम्मान गरिएको हो।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा अनलाईन विलिङ अभिमूखीकरण कार्यक्रम गरिएको छ ।